बाँकुड़ामा साइबर अपराधमाथि जनजागरण अभियान
बाँकुड़ामा साइबर अपराधमाथि जनजागरण अभियान


बाँकुड़ा, 21 नोभेबर (हि.स.)। बाँकुड़ा साइबर अपराध थानाद्वारा धलडांगा औ कानकाटा मोड़ क्षेत्रमा गए बिहीवार साँझ एक व्यापक जनजागरण अभियान आयोजना गरियो। यस कार्यक्रमको उद्देश्य आम नागरिकहरूलाई बढ़्दो साइबर अपराध विशेषतः सर्च इञ्जन जालझेल, मोबाइल एप्लीकेशन एपीके ठगी तथा विभिन्न वित्तीय धोकाधड़ीबाट बचाउको निम्ति जागरूकता फैलाउनु थियो।

अधिकारीहरूले कसरी ठगहरूले सर्च इञ्जिनमा भ्रामक ग्राहक सेवा नम्बर तथा सेवा सम्बन्धि विवरण अपलोड गरेर कसरी मानिसहरूलाई भ्रमित पार्दछन् अनि उनीहरूबाट गोपनीय ब्यांकिंग जानकारी प्राप्त गर्दछन् भन्ने कुराहरू उपस्थित नागरिकहरूलाई स्पष्ट रूपमा बताए। साथै यो पनि बुझाइयो, एपीके ठगी प्रायजसो कुनै संदिग्ध लिंकमा क्लिक गर्नाले आरम्भ हुन्छ। यस्तो लिंकको माध्यमबाट डाउनलोड हुने अनधिकृत एपले अप्रत्यक्ष रूपमा व्यक्तिगत जानकारी, सन्देश अनि वित्तीय डाटा हासिल गर्दछ।

अधिकारीहरूले नागरिकहरूसित आग्रह गरे, कुनै पनि सेवा वा एप इन्स्टल गर्नको निम्ति सदैव प्रमाणित वेबसाइट तथा वैध आधिकारिक एप स्टोर नै प्रयोग गरौं।उनीहरूले बताए, यूपीआई ठगी, नक्कली ऋण एप तथा आकर्षक निवेश प्रस्तावहरूको नाममा भइरहेको यस्ता धोकाधड़ीका घटनाहरू बढ़्दो छ अतः नागरिकहरू अत्यधिक सतर्क रहुन् अनि कुनै पनि परिस्थितिमा ओटीपी, ब्यांकिंग विवरण साझा नगरुन्।

कार्यक्रम अवधि मानिसहरूलाई यो पनि परामर्श दिइयो, साइबर सम्बन्धि कुनै पनि संदिग्ध आर्थिक गतिविधि भइहाले तत्कालै साइबर हेल्पलाइन 1930-मा सम्पर्क गरौं अथवा निकटतम थानामा सूचना दिऔं।

बाँकुड़ा पुलिसले स्पष्ट पाऱ्यो, भविष्यमा पनि यस्तो जनजागरण कार्यक्रम जारी रहनेछ ताकि नागरिकहरू स्वयं साइबर अपराधीहरूदेखि सुरक्षित बस्न सक्षम बनुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande