भारत रत्न सीवी रमनले जगाए भारतको वैज्ञानिक चेतनाः मुख्यमन्त्री
भारत रत्न सीवी रमनले जगाए भारतको वैज्ञानिक चेतनाः मुख्यमन्त्री


गुवाहाटी, 21 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भारत रत्न डा. सीवी रमनको जयन्तीमा उनलाई नमन गर्दै भने, उनले भारतको वैज्ञानिक चेतनालाई नयाँ दिशा दिए अनि प्रकाशका रहस्यहरूलाई बुझ्नमा विश्व सामु अद्वितीय योगदान प्रस्तुत गरे।

मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, डा. रमनको प्रतिभा र शोधले देशको गौरवपूर्ण वैज्ञानिक परम्परालाई सशक्त मात्र नबनाएर नयाँ पिँढ़ीलाई निरन्तर जिज्ञासु बनिरहन, खोज अनि नवाचारको मार्गमा अग्रसर हुनको लागि पनि प्रेरित गर्दछ।

उनले भने, डा. रमनको जीवन भारतको ज्ञान-परम्परा अनि वैज्ञानिक उत्कर्षको शाश्वत प्रतीक हो जसले भावी पिँढ़ीलाई सदैव प्रेरित गरिरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande