पश्चिम बंगाल र पूर्वोत्तरमा भूकम्पको गतिलो झट्का, कोलकातामा मानिसहरू घरबाट बाहर निस्किए
Earthquake


कोलकाता, 20 नोभेम्बर (हि.स.)। शुक्रबार बिहान पश्चिम बङ्गाल र पूर्वोत्तर भारतमा शक्तिशाली भूकम्पको ठूलो झट्का महसुस गरियो, जसका कारण धेरै जिल्लामा मानिसहरू घर र भवनबाट डराएर बाहिर निस्किए। राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, भूकम्पको केन्द्र बंगलादेशको नरसिन्दीमा थियो, जहाँ बिहान १०:०८ बजे १३ किलोमिटर दक्षिण-दक्षिण पश्चिममा ५.७ तीव्रताको भूकम्प दर्ता गरिएको थियो। यसको गहिराइ १० किलोमिटर थियो।

कोलकातामा धक्का महसुस हुनासाथ धेरै स्थानमा मानिसहरू सुरक्षित स्थानको खोजीमा सडकमा निस्किएका थिए। पार्क स्ट्रिट, काकुरगाछी, बीटी रोड र साल्ट लेक जस्ता क्षेत्रमा भवनबाट बाहिर निस्कने भीड देखियो। केही स्थानका बहुतले आवासका बासिन्दाहरूले भूकम्पका क्रममा कोठाका भित्ताहरू र फर्निचर हल्लिएको महसुस गरेको बताए।सामाजिक सञ्जालमा मानिसहरूले तीव्र धक्का महसुस गरेको अनुभव शेयर गरेका छन्। धेरैले आफ्ना घरका पंखा हल्लिएको भिडियो पोस्ट गरेका छन् भने केहीले सडकमा मानिसहरू डरले बाहिर निस्किरहेको दृश्यका भिडियो शेयर गरेका छन्। केही पोस्टमा अफिस र अपार्टमेन्ट कम्प्लेक्स खाली गराउँदै गरेका तस्वीरहरू पनि देखिएका छन्।

असमको गुवाहाटी र वरपरका जिल्लाहरूमा पनि भूकम्प स्पष्ट रूपमा महसुस गरिएको थियो। अचानक आएको भूकम्पपछि मानिसहरू सुरक्षित स्थानतर्फ जान खोज्दै भवनहरूबाट बाहिर निस्कए।अधिकारीहरूले जनाए अनुसार, अहिलेसम्म जनधनको क्षतिको कुनै जानकारी छैन, तर अवस्थामाथि निगरानी राखिएको छ। विज्ञहरूले भनेका छन्, भूकम्पको केन्द्र कम गहिराइमा भएकाले धक्का अपेक्षाकृत बढी तीव्र महसुस भएको हो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande