
पश्चिम मेदनीपुर, 21 नोभेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन-दुई नम्बर ब्लकका विभिन्न क्षेत्रहरूमा बितेको बिहीवार साँझ अवैध चुले रक्सीविरूद्ध व्यापक कारबाही गरियो। पुलिस अनि आबकारी अधिकारीहरूबाट प्राप्त जानकारी अनुसार बेलदा आबकारी कार्यालयको टीमले जहालदा, बांसिचक, जलगोदा, जानाबाड़, अमरदा सहित अन्य कतिपय स्थानहरूमा छापा मारेर चुले रक्सीसितै यसलाई बनाउने उपकरणहरूलाई नष्ट गरिदियो।
आबकारी विभागको सूत्रले बतायो, अभियान अवधि लगभग 45 लीटर रक्सी र लगभग 480 लीटर फर्मेन्टेड वश अर्थात अवैध रक्सी बनाउनमा प्रयोग हुने तरल पदार्थलाई नष्ट गरियो। रक्सी बनाउने उपकरणहरूलाई पनि घटनास्थलबाट जफत गरी पछि नष्ट गरियो।
अधिकारीहरूले बताए, क्षेत्रमा अवैध चुले रक्सी निर्माण एवं बिक्रीलाई पूर्ण रूपले रोक्नको लागि आगामी दिनमा पनि यस्तो अभियान निरन्तर संचालन गरिनेछ। उनले यो पनि स्पष्ट पारे, चुले रक्सीसित जोड़िएका अवैध व्यापारीहरूमाथि कड़ा कारबाही जारी रहनेछ।
स्थानीय क्षेत्रमा यस छापामारीको चर्चा चुलिएको छ साथै प्रशासनको यस्तो कड़ाईप्रति मानिसहरूले सन्तोष व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा