
वाराणसी, 21 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको वाराणसीमा क्यान्ट थाना क्षेत्रस्थित डीआईजी पीएसी आवास नजिक शुक्रवार बिहान एउटा द्रूत गतिको स्कर्पियोको ठक्करले स्कुटी सवार होटल कर्मचारीको मृत्यु भयो। घटनापछि घटनास्थलमा कोकोहोलो मचियो। सूचना पाउनसाथ पुलिस एवं परिवारका सदस्यहरू घटनास्थलमा पुगे।
जानकारी अनुसार इमलिया घाट, फुलवरिया निवासी राजेश गोंड शहरको एक होटलमा हाउसकीपिंग स्टाफको रूपमा कार्यरत थिए। राजेशकी जेठी छोरी अञ्जली उपनाम बिन्नीको विवाह आगामी 25 नोभेम्बरमा तय भएको थियो जसलाई लिएर घरमा व्यापक तयारी भइरहेको थियो। शुक्रवार भोर बिहान सदा जस्तै स्कुटीमा ड्यूटी हिँड़ेका राजेशको स्कुटीलाई डीआईजी पीएसी आवास नजिक पुगेपछि विपरीत दिशाबाट आइरहेको द्रूत गतिको स्कर्पियोले भयानक ठक्कर दियो जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो।
दुर्घटना भएको खबर पाउनसाथ उनकी पत्नी शीला, छोरीद्वय अञ्जली र मिनी घटनास्थलमा पुगे। पतिको शवलाई देखेर शीला अचेत भएर भुइँमा ढलिन्। परिवारको विलापलाई देखेर थाना प्रभारी शिवाकान्त मिश्राले स्वयं अग्रसर भेर परिवारलाई सम्हाले अनि ढाँढस दिए। महिला कन्स्टेबल स्नेहा पाण्डेयले अञ्जलीलाई काखमा राखेर पानी छम्किदिइन्।
क्यान्ट थाना प्रभारीले बताए, शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। साथै दुर्घटनामा सामेल स्कर्पियो चालकलाई खोजिँदैछ। यसको लागि वरपरका घर अनि पसलहरूमा जड़ान गरिएका सीसीटीभी फुजेहरूको पनि जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा