युवा रचना शक्तिले विश्वलाई भारतका नभनिएका कथाहरू सुनाउने छन्
Film festival


पणजी, 21 नोभेम्बर (हि.स.)। भारतीय अन्तरराष्ट्रिय फिल्म महोत्सवमा सहभागी भएका लगभग १३० जना युवा लघु चलचित्र निर्माता रचनात्मक र उद्देश्यपूर्ण सिनेमाको भविष्यका आशा भएका व्यक्तिहरूका रूपमा प्रेरित र प्रोत्साहित गरिँदैछन्।

फिल्म महोत्सवको दोस्रो दिनको शुरुवात पणजीको कला एकेडेमीमा सम्पन्न सीएमओटी अर्थात क्रिएटिभ माईन्ड्स अफ टुमरो सत्रबाट भयो। कार्यक्रममा केन्द्रिय सूचना तथा प्रसारण र संसदीय मामिलाका राज्य मन्त्री एल. मुरुगन, सूचना तथा प्रसारण सचिव संजय जाजू, राष्ट्रिय फिल्म विकास निगमका प्रबन्ध निर्देशक तथा सर्ट्स टीभीका प्रमुख कार्यकारी अधिकृत कार्टर पिल्चर उपस्थित थिए। देशभरका १३० जना लघु चलचित्र निर्माता पाँच समूहमा सहभागी बनेका थिए।

सत्र उद्घाटन गर्दै मन्त्री मुरुगनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण अनुरूप जब युवा प्रतिभालाई प्रोत्साहन दिने पहल शुरु भयो, त्यतिबेला धेरै कम सहभागीता थियो। तर आज हजारौँ युवाले आवेदन दिएका छन् र १२५ उत्कृष्ट कृतिहरू छानिएका छन्। उनका अनुसार, यी नयाँ रचनाकारहरू भारतको भविष्यका फिल्म उद्योगको आधार बन्नेछन्।

उनले भने, भारत सधैं कथा र कथनहरूको भूमि रहँदै आएको छ। लाखौं कथाहरू अझै नभनिएको अवस्थाम छन्, र यी युवा सर्जकहरूले ती कथाहरूलाई पर्दामा ल्याए भने भारतीय सिनेमा नयाँ शिखरमा पुग्नेछ।

सर्ट्स टीभीका सीईओ कार्टर पिल्चरले भने, लघु चलचित्रहरू तीव्र रूपमा लोकप्रिय बन्दै गएका छन्, जसले देखाउँछ कि भविष्यको सिनेमा सर्ट्समै निहित छ। उनले युवा फिल्मकारका पाँच टोलीलाई ४८ घण्टाभित्र एक फिल्म निर्माण गर्ने चुनौती दिएका थिए, जसको विजेतालाई पुरस्कार प्रदान गरिनेछ।पछि मन्त्रीले क्रिएटिभ माईन्ड्स अफ टुमरो टोलीसँग सामूहिक तस्बिर खिचाए। त्यसपछि एक मास्टरक्लासको शुरुवात गरियो, जसको उद्देश्य उनीहरूको कल्पनाशक्ति र सर्जनात्मक क्षमतालाई तीव्र बनाउने थियो। यो सत्रले उनीहरूलाई आगामी ४८-घण्टे फिल्म च्यालेन्जका लागि तयार गर्‍यो। पछि टोलीहरूले आफ्नो लोकेशन हेर्ने, तयारी गर्ने र कथाहरूलाई रुप दिन शुरु गरे। यी युवाहरूको योजना, छलफल र सपनाहरूले कुनै विशेष सर्जनात्मक युगको शुरुवातको आभास दिलायो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande