एगरा नगरपालिका अध्यक्षविरूद्ध तृणमूल पार्षदहरूको अविश्वास प्रस्ताव
एगरा नगरपालिका अध्यक्षविरूद्ध तृणमूल पार्षदहरूको अविश्वास प्रस्ताव


पूर्व मेदिनीपुर, 21 नोभेम्बर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको एगरा नगरपालिकामा सत्तारूढ़ तृणमूल कंग्रेसभित्र मतभेद चरममा पुगेको छ। नगरपालिका अध्यक्ष स्वप्न नायकविरुद्ध तृणमूलका छःजना पार्षदहरूले अविश्वास प्रस्ताव ल्याएर नगरको राजनीतिक वातावरणमा भुइँचालो ल्यादिइएका छन्।

सूत्र अनुसार केही दिनपूर्व राज्य नेतृत्वले स्वप्न नायकलाई पदत्याग गर्ने निर्देश दिएका थिए, तर उनले त्यस निर्देशलाई पालन नगरेर पदमा कायम रहे। यस्तो परिस्थितिबीच गए बिहीवार अबेर साँझ एगरा नगरपालिकामा पार्षदहरूको एक आपतकालीन बैठक आजोना गरिएको थियो।

बैठकमा अविश्वास प्रस्ताव ल्याउने तृणमूलका छःजनै पार्षदहरू उपस्थित थिएनन्। विपक्षी भारतीय जनता पार्टीका पाँचजना पार्षदहरू भने बैठकमा उपस्थित थिए। बैठक भएको तुरून्तै पश्चात तृणमूलका शीर्ष नेतृत्वको निर्देशमा अध्यक्षविरूद्ध औपचारिक अविश्वास प्रस्ताव प्रस्तुत गरियो।

यस विषयमा नगरपालिका अध्यक्ष स्वप्न नायकसित प्रतिक्रिया माग्दा उनले कुनै टिप्पणी ग र्नदेखि अस्वीकार गरे। उनको यस मौन प्रतिक्रियाले स्थितिलाई अझ जटिल बनाइरहेको छ।

राजनीतिक विश्लेषकहरूको भनाइ छ, यो अविश्वास प्रस्तावले स्पष्ट संकेत गरिरहेको छ कि एगरा नगरपालिकामा तृणमूल संगठनभित्र गम्भीर फुट अनि असन्तोष हुर्किरहेको छ। अब यो हेर्न बाँकी छ, अविश्वास प्रस्तावको आगामी कारबाही कुन दिशा तर्फ जानेछ अनि अध्यक्ष पदको भविष्यले कुन रूप धारण गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande