पश्चिम बंगाल सरकारले विधानसभा चुनाउको तयारीको लागि उच्चस्तरीय बैठक डाक्यो
पश्चिम बंगाल सरकारले विधानसभा चुनाउको तयारीको लागि उच्चस्तरीय बैठक डाक्यो


कोलकाता, 21 नोभेम्बर (हि. स.)। आगामी वर्ष 2026-मा हुने विधानसभा चुनाउको तयारीको समीक्षा गर्नको लागि पश्चिम बंगाल सरकारले आगामी शनिवार वरिष्ठ प्रशासनिक अधिकारीहरूको बैठक डाकेको छ। राज्य सरकारका एकजना वरिष्ठ अधिकारी अनुसार मुख्य सचिव मनोज पन्तले राज्य सचिवालयमा जिल्लाधिकारीहरूसित बैठकको अध्यक्षता गर्नेछन्। दूरस्थ जिल्लाहरूका अधिकारीहरू भर्चुअली बैठकमा सामेल हुनेछन्।

सूत्रले बतायो, बैठकमा चुनावी ढाँचालाई सशक्त बनाउन तथा इलेक्ट्रनिक भोटिंग मशिनहरूको उपलब्धता र त्यसको तयारीहरूमाथि विशेष बल दिइनेछ। यसै क्रममा शुक्रवार न्यूटाउनमा ईभीएममाथि एक कार्यशाला पनि आयोजना गरिनेछ।

वरिष्ठ उप निर्वाचन आयुक्त ज्ञानेश भारती जसलाई राज्यमा चुनावी गतिविधिहरूको देखरेख गर्ने जिम्मेवारी दिइएको छ, कार्यशालामा राज्यको मुख्य निर्वाचन कार्यालयका प्रतिनिधिमण्डलसित उपस्थित रहनेछन्। एकजना अधिकारीले बताए, कार्यशालामा राज्यका 24 वटा जिल्लाहरूका निर्वाचन अधिकारीहरू पनि उपस्थित रहनेछन्।

अधिकारी अनुसार चर्चाको केन्द्रमा तकनिकी तयारी, ईभीएम परीक्षण प्रक्रिया तथा विभिन्न सुरक्षा सम्बन्धी विषयहरूमाथि रहनेछन् ताकि चुनाउ प्र्रक्रिया सुचारू रहन सकोस्।

यसबीच आधिकारिक आँकडा अनुसार मतदाता सूचीको विशेष गहन पुनरीक्षण कार्यक्रम अन्तर्गत अहिलेसम्ममा राज्यमा 7.64 कड़ो प्रपत्र वितरित गरिसकिएको छ। पश्चिम बंगालमा 7.66 मतदाताहरू छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande