देशका वैज्ञानिकहरूले विकसित गरे नयाँ तकनीक, जिंक-आयन ब्याट्री हुनेछ अब अझ शक्तिशाली
Zinc battery


बेङ्लुरु, 21 नोभेम्बर (हि.स.)। देशका वैज्ञानिकहरूले विकसित गरेको नयाँ प्रविधिले जिंक-आयन ब्याट्रीहरूलाई अझ शक्तिशाली बनाउनेछ। यो प्रविधिले ब्याट्रीहरूमा बढी ऊर्जा भण्डारण गर्ने, लामो समयसम्म चल्ने र पर्यावरणमा कम नोक्सान गर्ने क्षमता दिनेछ। यसले लिथियम ब्याट्रीहरूको भन्दा सुरक्षा र लागतमा सुधार गर्दै भविष्यमा उत्तम विकल्प बन्न सक्नेछ।

केन्द्रिय विज्ञान एवं प्रौद्योगिकी मन्त्रालय अनुसार, बेङ्लुरूस्थित सीन्टर फर नैनो एण्ड सफ्ट म्याटर साइन्सेजका वैज्ञानिकहरूले यो उपलब्धि हासिल गरेका हुन्। डा. अशुतोष कुमार सिंहको नेतृत्वमा गरिएको यो अनुसन्धान अन्तर्गत परम्परागत भेनाडियम अक्साइडलाई एक विशेष ताप–विद्युत रासायनिक प्रक्रियाबाट रूपान्तरण गरी जिंक–भेनाडियम अक्साइड पदार्थ बनाउन सफल भएका छन्। यसले जिंक आयनको प्रवाह सजिलो बनाउँछ, जसले ब्याट्रीलाई चाँडो चार्ज गर्न, बढी ऊर्जा राख्न र दीर्घकालीन टिकाउ बनाउन मद्दत गर्छ।

यसअघि जिंक-आयन ब्याट्रीमा विभिन्न अक्साइड पदार्थ प्रयोग गरिएको भए पनि अपेक्षित नतिजा आएको थिएन। भारतीय वैज्ञानिकहरूको यस नयाँ खोजले जिंक-आयन ब्याट्री प्रविधिमा ठूलो प्रगति पुर्याएको छ। यो अनुसन्धान एडभान्स्ड एनर्जी मटेरियल्स जर्नलमा प्रकाशित भइसकेको छ।

विशेषज्ञहरूले यो प्रविधिले हरित ऊर्जा र टिकाऊ ब्याट्री प्रविधिमा नयाँ दिशा दिने विश्वास व्यक्त गरेका छन्। यो प्रविधिले अन्य किसिमका ब्याट्री पदार्थहरूलाई पनि सुधार गर्ने सम्भावना राख्दछ। यसरी, यो नयाँ प्रविधिले भारतमा ब्याट्री उद्योगमा नवीनता ल्याउने साथै पर्यावरमैत्री र लागत-कुशल ऊर्जा भण्डारणका लागि महत्वपूर्ण भूमिका खेल्नेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande