
जिन्द, 23 नोभेम्बर (हि.स.)। थाईल्याण्डमा नोकरी दिलाउने प्रलोभन देखाएर बन्धक बनाएको तथा साढ़े चार लाख रुपियाँ रंगदारी मागेको आरोपमा एकजना व्यक्तिलाई साइबर थाना पुलिसले पक्राउ गरी अदालतमा पेश गऱ्यो जहाँबाट अदालतले आरोपीलाई पाँच दिनको रिमाण्डमा पुलिसलाई सुम्पिदिएको छ। पुलिसले आरोपीसित जाँचबुझ गरिरहेको छ।
आइतवार घटनाबारे जानकारी गराउँदै साइबर थाना प्रभारी कुलदीप सिंहले बताए, जिन्द निवासी चेतनले पुलिसलाई दिएको सिकायतमा बताएका थिए, जिन्द निवासी विकासले उसलाई थाइल्याण्डमा नोकरी दिलाउने प्रलोभन देखाएर आफ्नो जालमा फसायो। गत अगस्त महिनामा उसलाई थाइल्याण्ड पठायो। आरोपीले एकजना व्यक्तिको माध्यमबाट उसलाई जंगलको बाटो अवैध रूपमा म्यान्मार पठाइदियो जहाँ एक कम्पनीमा उसलाई बन्धक बनाइयो। उसलाई मुक्त गराउनको लागि विकास कहाँ पुग्यो अनि पचास हजार रुपियाँ लियो। कम्पनीमा यूएसएका मानिसहरूसित धोकाधड़ी गर्नको लागि कल गर्ने काम सुम्पियो। उसले यो काम गर्न अस्वीकार गऱ्यो। त्यसपछि उसलाई देशमा फर्काउनको लागि साढ़े चार लाख रुपियाँको माग गरियो जसमध्ये दुई लाख रुपियाँ आरोपीलाई दिइयो। विदेश मन्त्रालयको हस्तक्षेपबाट म्यान्मारको सेनाले उसलाई मुक्त गराएर गत 8 नोभेम्बरमा रेडक्रसलाई सुम्पिदिएर देशमा पठाइदियो। साइबर थाना पुलिसले चेतनको सिकायतमा विकासविरूद्ध धोकाधड़ी, बन्धक बनाउएको, रंगदारीको माग सहित विभिन्न भारतीय न्याय संहिता अन्तर्गत मामिला दर्ता गरेको थियो। साइबर थाना पुलिसले कारबाही गर्दै विकासलाई पक्राउ गरी अदालतमा पेश गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा