भाजपा सरकारले दिल्लीमा विकासलाई दियो नयाँ गतिः रेखा गुप्ता
भाजपा सरकारले दिल्लीमा विकासलाई दियो नयाँ गतिः रेखा गुप्ता


नयाँ दिल्ली, 23 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता आइतवार वार्ड नम्बर-120 द्वारका-बीबाट भाजपा प्रत्याशी मनीषा राजपाल सहरावतको समर्थनमा आयोजित पन्ना प्रमुख सम्मेलनमा सम्मिलित भइन्।

मुख्यमन्त्रीले सम्मेलनलाई सम्बोधन गर्दै भनिन्, पछिल्लो 8 महिनाभित्रमा भाजपा सरकारले दिल्लीमा विकासलाई नयाँ गति अनि नयाँ दिशा दिएको छ। दिल्लीवासीहरूको लागि आयुष्मान भारत योजना लागू गरिएको छ जसबाट आवश्यकतामा रहेकाहरूले दश लाख रुपियाँसम्मको निःशुल्क उपचार पाइरहेका छन्।उनले भनिन्, हाम्रो सरकारले व्यापारीहरूको लागि व्यापरलाई सुगम बनाएको छ अनि निजी स्कूलहरूको मनमानी फिसलाई नियन्त्रण गरेको छ।

मुख्यमन्त्रीले भनिन्, हरेक गल्ली, हरेक वार्ड, हरेक कलोनीमा आधारभूत सुविधाहरूको विस्तार अनि आधुनिकीकरण लगातार जारी छ। व्यापक रूपमा आयुष्मान मन्दिर तथा जन-औषधि केन्द्रहरू स्थापना गरिँदैछ ताकि हरेक व्यक्तिसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुग्न सकोस्। उनले भनिन्, भाजपा सरकारका यी कार्यहरूलाई तपाईहरू सबैले मिलेर पन्ना प्रमुख तथा कार्यकर्ता साथीहरूको सहयोगले घर-घर, हरेक परिवारसम्म पुऱ्याउनुपर्छ। मुख्यमन्त्रीले भाजपा प्रत्याशी मनीषा राजपाल सहरावतलाई भारी मतले विजय बनाउने अपील क्षेत्रवासीहरूसित गरिन्।

यस अवसरमा सांसद कमलजीत सहरावत, विधायक सन्दीप सहरावत, प्रद्युम्न राजपूत, पवन शर्मा, नजफगढ़ प्रभारी राजकुमार फुलवारिया, नजफगढ़ जिल्लाध्यक्ष राज शर्मा सहित ठूलो संख्यामा भाजपा पदाधिकारीगण उपस्थित थिए।

यस अतिरिक्त मुख्यमन्त्रीले आज आर्य समाज अडिटोरियममा वार्ड–173 ग्रेटर कैलाशबाट भाजपा प्रत्याशी अञ्जुम मण्डलको समर्थनमा आयोजित जनसभालाई पनि सम्बोधन गरिन्। उनले भनिन्, क्षेत्रवासीहरूको उत्साह र अपार समर्थनले स्पष्ट संकेत गरिरहेको छ कि वार्ड नम्बर-173 ग्रेटर कैलाश सहित दिल्लीका सबै 12 वटै वार्डमा कमल फुलिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande