
पटना, 23 नोभेम्बर (हि.स.)। जदयूका प्रदेश प्रवक्ता अरविन्द निषादले मीडियामा जारी बयानमा भने, बिहारका जनताले एकपटक फेरि मुख्यमन्त्री नीतीश कुमारको नेतृत्वमाथि आफ्नो अटुट विश्वास व्यक्त गरेका छन् र यो भरोसा बिहारलाई एक विकसित एवं सशक्त राज्य बनाउने दिशामा ऐतिहासिक कदम साबित हुनेछ।
उनले भने, केन्द्रमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि बिहारमा मुख्यमन्त्री नीतीश कुमारको संयुक्त प्रतिबद्धताबाट राज्यमा औद्योगिक क्रान्तिको त्यो नयाँ युगग शुरू हुनेछ जसको परिणामस्वरूप नयाँ-नयाँ उद्योगहरू स्थापना हुनेछन् अनि लाखौं युवाहरूको लागि रोजगारको सुनौलो अवसर सृजना हुनेछ।
हामी गर्वको साथमा सम्झन्छौं, वर्ष 2015-16मा तत्कालीन केन्द्रिय वित्त मन्त्री स्वर्गीय अरूण जेटलीले बिहारको ट्याक्स कलेक्शनको उत्कृष्ट मोडललाई सारा देशमा उदाहरणको रूपमा राखेका थिए साथै सबै राज्यहरूलाई बिहारबाट सिक्ने सल्लाह दिएका थिए। त्यसताक बिहार ट्याक्स संग्रहको क्षेत्रमा देशका सबै राज्यहरूभन्दा अग्र पंक्तिमा थियो जुन सुशासनको दिशामा मुख्यमन्त्री नीतीश कुमारको दूरदर्शी नेतृत्व अनि सिस्टम सुधारहरूको साक्षात प्रमाण थियो। आज बिहार फेरि त्यै गति र संकल्पको साथमा अगाड़ि बढ़िरहेको छ।
प्रवक्ता अरविन्द निषादले भने, मुख्यमन्त्री नीतीश कुमार नेतृत्वाधिन सरकारले उद्योग, आधारभूत संरचना, कौशल विकास औ निवेश आकर्षणमाथि निरन्तर काम गरिरहेको छ ताकि राज्यलाई औद्योगिक प्रगतिको नयाँ उचाईँमा पुऱ्याउन सकियोस्। बिहारको यो परिवर्तन एउटा सपना मात्र नभएर द्रूत गतिमा साकार भइरहेको एक वास्तविक भविष्य हो जसमा हरेक नागरिकको सहभागिता अनि लाभ सुनिश्चित छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा