
शिमला, 23 नोभेम्बर (हि.स.)। भाजपा प्रदेश अध्यक्ष डा. राजीव बिन्दलले राज्यपाल निवास सामु गरिएको कंग्रेस नेताहरूको प्रदर्शनलाई पूर्ण रूपले गैरकानूनी तथा असंवैधानिक बताएका छन्। उनले भने, राजभवन जस्तो उच्च सुरक्षा क्षेत्रमा अनुमति बिनै प्रवेश गरेर प्रदर्शन गर्नु अनि प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्नु राजनीतिक मर्यादाहरूको घोर उल्लंघन हो। कंग्रेसको यो कदमले त्यै मानसिकतालाई दर्शाउँछ जसमा संवैधानिक संस्थाहरूलाई दबावमा राखेर मनोपोली निर्णय गराउने चेष्टा गरिन्छ।
डा. बिन्दलले आइतवार एक बयान जारी गरी भने, कंग्रेस नेताहरूको यो कृत्य राज्यपालमाथि दबाव दिने अनि उनलाई डर देखाउने षड़यन्त्र जस्तै देखइन्छ जुन लोकतान्त्रिक व्यवस्थामा सोझै हमला हो। उनले भने, प्रदेशमा अहिलेघरि पञ्चायती राज चुनाउलाई लिएर सरकार अनि राज्य चुनाउ आयोगबीच विवाद बढ़्दै गइरहेको जसबाट स्थिति संवैधानिक संकट तर्फ अग्रसर भइरहेको छ। भाजपा अध्यक्षले बताए, चुनाउ आयोगले राज्यपालसित भेट गरी प्रदेशको स्थितिमाथि विस्तृत रिपोर्ट सुम्पिँदै आफ्नो चिन्ता व्यक्त गरेको छ जसबाट स्पष्ट हुन्छ कि सरकारले संवैधानिक संस्थाहरूको अधिकारमाथि हस्तक्षेप गरिरहेको छ। उनले आरोप लगाए, वर्तमान सरकारले प्रशासनिक अधिकारीहरूमाथि चाप दिएर पञ्चायत प्रधान, बीडीसी सदस्य, वार्ड पञ्चायत, जिल्ला परिषद सदस्य औ नगर निकाय प्रतिनिधिहरूको लोकतान्त्रिक अधिकारहरूलाई समाप्त गर्ने प्रयास गरिरहेको छ। यो कदम संविधान अनि लोकतन्त्रको मूल भावना विरूद्ध छ।
डा. बिन्दलले राज्यपालविरूद्ध गरिएको अभद्र टिप्पणी तथा प्रधानमन्त्रीको पुतला दहन गरिएको घटनाको कड़ा निन्दा गरे। उनले भने, कंग्रेसको यो कृत्व असंवैधानिक मात्र नभएर लोकतान्त्रिक परम्पराहरूको अपमान पनि हो। उनले सरकारसित माग गरे, यस्तो गैरकानूनी प्रदर्शनहरूमाथि तुरून्तै रोक लगाइयोस् अनि प्रदेशमा कानून व्यवस्था तथा संवैधानिक संस्थाहरूको गरिमालाई कायम राख्नको लागि ठोस कदम उठाइयोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा