
इम्फाल, 23 नवम्बर (हि.स.)। मणिपुरमा रंगदारी औ आपराधिक गतिविधिहरूलाई रोक्नको लागि सुरक्षा बलहरूद्वारा विभिन्न क्षेत्रहरूमा संचालित इन्टिलिजेन्स आधारित कम्बिंग, कर्डन तथा सर्च अपरेशनमा चारजना उग्रवादीहरूलाई पक्राउ गरिएको छ। यिनीहरूबाट ठूलो संख्यामा हतियार र अन्य सामग्री पनि जफत गरिएको छ।
पुलिस प्रवक्ताले आज बताए, गए शनिवार काकचिंग पुलिस स्टेशन गेट चेक पोइन्टमा सुरक्षा बलहरूले लामाजो मयाई लाइकाई निवासी युम्नाम तोम्बा सिंह (56)-लाई पक्राउ गऱ्यो। अभियुक्तको पहिचान आरपीएफ/पीएलए क्याडरको रूपमा भएको छ। उसको कब्जाबाट 7.62 एलएमजी, .303 एलएमजी, एसएलआर राइफल, 583 जिउँदो कारतूस तथा एउटा मोबाइल फोन जफत गरियो।
यसै दिनको दोस्रो कारबाहीमा सुरक्षा बलहरूले कोनजेगबम चन्द्रकुमार सिंह उपनाम बुंगचा/वांगबा (40)-लाई लम्फेल थाना अन्तर्गत निजी निवासबाट पक्राउ गरियो। उ आरपीएफ/पीएलएकै सक्रिय क्याडर हो। उबाट 9 एमएम पेस्तोल, 13 जीवित राउण्ड तथा दुईवटा मोबाइल फोन जफत गरियो।
यस अतिरिक्त गए शनिवार वांगोई थाना क्षेत्रको थियाम लेइशांगखोंग लेइराकस्थित घरबाटै ओइनम बिशोरजीत सिंह (28)-लाई पक्राउ गरियो। केसीपी (पीडब्ल्यूजी)- को सक्रिय क्याडर सिंहको कब्जाबाट एउटा मोबाइल फोन र 34 हजार रुपियाँ नगद जफत गरियो। यसरी नै केन्द्रिय बलहरूले मोरेह थाना अऩ्तर्क मोहेर गेट नम्बर-2 बाट कोनजेन्बम सनाथोई सिंह (18)-लाई समाते जसको पहिचान प्रीपाक (प्रो) को सक्रिय क्याडरको रूपमा गरिएको छ।
अधिकारीहरूले भने, राज्यमा उग्रवादी नेटवर्कलाई ध्वस्त बनाउन अनि शान्ति व्यवस्थालाई कायम राख्नको लागि यस्तो अभियान आगामी दिनमा पनि जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा