सत्य साई बाबाको आविर्भाव दिवसमा राज्यपालले दिए श्रद्धाञ्जली
सत्य साई बाबाको आविर्भाव दिवसमा राज्यपालले दिए श्रद्धाञ्जली


कोलकाता, 23 नोभेम्बर (हि.स.)। सत्य साईं बाबाको 100औं आविर्भाव दिवसमा पश्चिम बंगालका राज्यपाल सीवी आनन्द बोसले श्रद्धाञ्जली अर्पण गरे। यो जानकारी उनका अफिसर अन स्पेशल ड्यूटीले दिएका हुन्।

आइतवार सोशल मीडियामा राजभवनको तर्फबाट एउटा पोस्ट गरियो जसमा लेखिएको छ, माननीय गभर्नरले भगवान श्री सत्य साईं बाबाको 100औं आविर्भाव दिवसमा श्रद्धाञ्जली दिएका छन्।

वास्तवमा आन्ध्र प्रदेश तथा तेलंगानाका सरकारहरूले अफिशियली भगवान बाबाको 100औं जयन्ती मनाइरहेका छन् ृ यो साँच्चै नै एउटा सही श्रद्धाञ्जली हो। प्रशान्ति निलयम, पुट्टपर्थीले 13 देखि 23 नोभेम्बर, 2025 सम्म शताब्दि समारोह आयोजना गरिरहेको छ जसमा भगवान बाबाको सदैब रहने प्रेम, सेवा तथा विश्वभरि नै भाइचाराको सन्देशलाई स्मरण गरिनेछ।

पोस्टमा अझ लेखिएको छ, भगवान बाबाको दिव्य जीवन एवं सदैव रहने सन्देशले हाम्रो दैनन्दिन जीवनलाई मार्गदर्शन गर्दछ- जसले स्वार्थरहित सेवा, दया औ आध्यात्मिक उत्कृष्टताको लागि प्रेरणा दिन्छ। यस ऐतिहासिक पललाई स्मरण गर्नको लागि भारत सरकारले भगवान श्री सत्य साईं बाबाको सम्मानमा एक विशेष स्मरण सिक्का तथा डाक टिकट जारी गरिरहेको छ। श्री सत्य साई बाबाको आशीर्वाद सबैमा रहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande