असममा एसआईआर प्रक्रिया शुरू, मतदान सूचीको प्रकाशन फरवरीमा
असममा एसआईआर प्रक्रिया शुरू, मतदान सूचीको प्रकाशन फरवरीमा


गुवाहाटी, 23 नोभेम्बर (हि.स.)। असममा विधानसभा चुनाउ-2026 लाई लिएर मतदाता सूच विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया शुरू भएको छ। यसै क्रममा गए शनिवारदेखि राज्यभरिका 29,656 बूथ लेभल अधिकारी (बीएलओ)-हरूले घर-घरमा सत्यापन अभियान संचालन गरिरहेका छन्। यिनीहरूले लगभग 2,52,02,775 वैध मतदाताहरूको फारम भर्नेछन्। राष्ट्रिय एवं राज्य स्तरीय राजनीतिक दलहरूले पनि सहायताको लागि 61,533 बूथ लेभल एजेन्ट (बीएलए) नियुक्त गरेका छन्।

असमका मुख्य निर्वाचन अधिकारीको पक्षबाट बीएलएसित पूर्ण सहयोग गर्ने आग्रह गरिएको छ। यस अतिरिक्त उनले मतदाता सूचीलाई सठीक तथा त्रुटिरहित बनाउनको लागि यो सत्यापन अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। विभागले जनतासित विशेष रूपमा दाबी-आपत्ति अवधि सक्रिय रूपमा सहभागी बन्ने अपील गरेको छ।

महत्वपूर्ण तिथिहरूमध्ये एकीकृत ड्राफ्ट मतदाता सूचीको प्रकाशन 27 दिसम्बर, दाबी एवं आपत्तिहरू दर्ता गर्ने तिथि 27 दिसम्बरदेखि 22 जनवरी, 2026 सम्म, विशेष अभियान तिथि 03–04 जनवरी, 2026 औ 10–11 जनवरी, 2026, दाबी–आपत्तिहरूको समाधान 02 फरवरी, 2026 तथा अन्तिम मतदाता सूचीको प्रकाशन 10 फरवरी, 2026-मा हुनेछ।

निर्वाचन अधिकारीले आइतवार बताए, पारदर्शिता सुनिश्चित गर्नको लागि अपीलको व्यवस्था पनि रहेको छ। ईआरओको कुनै निर्णयसित असहमत नागरिकहरूले जिल्ला मेजिस्ट्रेट समक्ष अपील दर्ता गर्न सक्नेछन्। आवश्यकता परे अर्को अपील मुख्य ऩिर्वाचन अधिकारी, असम समक्ष गर्न सकिनेछ। विभागले सबै योग्य नागरिकहरूसित बीएलओलाई सहयोग गर्ने, घर-घर सत्यापनमा सही विवरण उपलब्ध गराउने अनि निर्धारित समयावधिभित्र आफ्नो दाबी/आपत्तिहरू दर्ता गर्ने अपील गरेको छ ताकि त्रुटिरहित मतदाता सूची तयार गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande