
गुवाहाटी, 23 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार महान वैज्ञानिक सर जगदीश चन्द्र बोसको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले यस अवसरमा भने, बोस यस्ता वैज्ञानिक थिए जसले प्रकृतिको हरेक वस्तुमा जीवनको एक धारा प्रवाहित हुन्छ भन्ने कुरा सिद्ध गरे। आफ्नो गहन वैज्ञानिक बुझाई र संवेदनशीलताको माध्यमबाट उनले विश्वलाई प्रकृतिको यस रहस्य बारे अवगत गराए।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा बोसलाई “साँचो अग्रदूत” बताउँदै भने, उनको कल्पनाशीलता, साहस अनि नावाचार भावनावे विज्ञानका ती दिशाहरूलाई खोलिदियो जसतर्फ पहिला कसैले ध्यान दिएका थिएनन्। सर बोसका खोजहरूले भारतको गौरव मात्र नबढ़ाएर वैश्विक वैज्ञानिक समुदायलाई पनि समृद्ध बनायो।
मुख्यमन्त्री सरमाले भने, बोसको जीवन र कार्यले भावी पिँढ़ीहरूलाई विज्ञान, अनुसन्धान औ नवाचारको मार्गमा अघि बढ़्नको लागि प्रेरित गरिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा