
गान्तोक, 23 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले भगवान् श्री सत्य साई बाबाको जन्मशताब्दीको पावन अवसरमा सबै भक्तजन तथा शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा लेखेका छन्, 'श्री सत्य साई बाबाको जीवन र शिक्षाले धर्म, राष्ट्रियता र संस्कृतिका सीमाहरूभन्दा माथि उठ्दै विश्वभरिका लाखौँ मानिसहरूलाई निरन्तर रूपमा प्रेरित गर्दै आएको छ। सबैलाई प्रेम गर, सबैको सेवा गर तथा जहिले पनि मद्दत गरौँ, कसैलाई दुःख नदेऊ भन्ने उहाँको सन्देश मानवताका लागि आज पनि मार्गदर्शक प्रकाश बनेको छ।'मुख्यमन्त्रीले उहांको जयन्ती मनाउने यस अवसरमा उहाँले जीवनमा पालन गरेका करुणा, विनम्रता र मानव सेवाका मूल्यहरूप्रति आफूलाई पुनः समर्पित गरौँ भनी आह्वान पनि गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल