ड्रग्स तस्करी मामिलामा आरोपी पक्राउ
ड्रग्स तस्करी मामिलामा आरोपी पक्राउ


नयाँ दिल्ली, 23 नोभेम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले ड्रग्स तस्करी गर्ने एक जना ठूलो सप्लायरलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान तुषार (31)-को रूपमा भएको छ। जाँचमा थाहा लागे अनुसार आरोपी ड्रग्स तस्करीका दुई वटा मामिलामा लामो समयदेखिकै भागेको थियो। पुलिसले दुवै मामिलामा हाई-प्योरिटी हेरोइनको ठूलो खेप समातेको थियो जसको मूल्य लगभग 8 कड़ोर रुपियाँ रहेको बताइएको थियो। आरोपी तुषारलाई अदालतले भगौड़ा घोषित गरिदिएको थियो।

क्राइम ब्राञ्चका पुलिस उपायुक्त हर्ष इन्दौराले आइतवार बताए, क्राइम ब्राञ्चलाई गत 21 नोभेम्बरमा थाहा लाग्यो कि तुषार महावीर एन्क्लेभ क्षेत्रमा आइरहेको छ। सूचनालाई पुख्ता गरेपछि पुलिस टीमले आरोपीलाई समात्यो। जाँच थाहा लाग्यो, तुषारले बाह्य राज्यहरूबाट हेरोइन मगाएर दिल्ली एवं यस वरपरका क्षेत्रहरूमा सप्लाई गर्थ्यो। उसको गिरोहका अन्य सदस्यहरू पनि सक्रिय रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande