सिलगढ़ीमा तीन नक्कली एनआईए अधिकारी पक्राउ
सिलगढ़ीमा तीन नक्कली एनआईए अधिकारी पक्राउ


सिलगढ़ी, 23 नोभेम्बर (हि. स)। सिलगढ़ी मेट्रोपलिटन पुलिसको डिटेक्टिभ डिपार्टमेन्ट (डीडी) र स्पेशल अपरेशन ग्रुप (एसओजी)-ले तीनजना नक्कली एनआईए अधिकारीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा क्रमैले एहसान अहमद, रेहान बाबर औ मानिक राय सामेल छन्। यिनीहरूमध्ये एहसान अहमद र रेहान बाबर दुवै पांजीपाड़ाको तथा मानिक राय सिलगढ़ी निवासी रहेको बताइएको छ।

वास्तवमा यी तीनैजनाले आफूलाई एनआईए अधिकारी बताएर मानिसहरूबाट अवैध रूपमा असुली गर्दै आइरहेका थिए। मेडिकल मोड़ निवासी राहुल घोषले माटीगाड़ा थानामा दुई दिनअघि लिखित सिकायत दर्ता गराएका थिए। सिकायतमा आरोप लगाइएको छ, एनआईए अधिकारीहरू भएर तीनैजनाले उनीबाट लाखौं रुपियाँ ठगेका छन्। सिकायतको आधारमा डीडी र एसओजीले संयुक्त रूपमा जाँच शुरू गऱ्यो। जाँच अवधि पुलिसले जाली एनआईए अधिकारीहरूलाई पक्राउ गऱ्यो। पुलिसले आरोपीहरूबाट एउटा महँगो चार चक्के वाहन, एउटा स्कुटी र छः वटा मोबाइल अनि पीड़ित व्यक्तिसित सम्बन्धित दस्तावेजहरूको जेरक्स कपी जफत गरेको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande