भयानक सड़क दुर्घटनामा तीनजनाले गुमाए ज्यान
भयानक सड़क दुर्घटनामा तीनजनाले गुमाए ज्यान


सिलगढ़ी, 23 नोभेम्बर (हि. स)। सिलगढ़ीमा गए अबेर राती भएको भयाक सड़क दुर्घटनामा तीनजना मानिसहरूको मृत्यु भयो। मृतकहरूको पहिचान ब्रिज मोहन प्रसाद (66), अरुण कुमार गुप्ता (48) औ राज कुमार गुप्ता (51) -को रूपमा भएको छ। तीनैजना वेस्ट सिक्किमका निवासी थिए।

प्राप्त जानकारी अनुसार यिनीहरू एउटा वाहन मार्फत सिलगढ़ीमा विवाह समारोहमा सामेल हुनका लागि आएका थिए। समारोहपछि उनीहरू अबेर राती सिक्किम तर्फ फर्किरहेका थिए। यसै क्रममा उनीहरूको वाहन बंगाल सफारीदेखि केही पर 8 माइल क्षेत्रमा पुगेपछि विपरीत दिशाबाट आइरहेको द्रूत गतिको मालवाहक ट्रकले उनीहरूको वाहनलाई भयंकर ठक्कर दियो। यस घटनामा तीनैजना गम्भीर रूपमा घाइते भए। घटनाको जानकारी पाउनसाथ भक्तिनगर थानाको पुलिसले घटनास्थलमा पुगेर घाइतेहरूलाई सेवक रोडस्थित एक निजी अस्पतालमा भर्ती गरायो जहाँ उपचारको क्रममा तीनैजनाको मृत्यु भयो। घटनापछि आइतवार बिहान सिलगढ़ी मेट्रोपलिटन पुलिसका ट्राफिक डीसीपी काजी शमसुद्दीन अहमदले घटनास्थलको निरीक्षण गरे। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande