
नयाँ दिल्ली, 23 नोभेम्बर (हि.स.)। क्राइम ब्राञ्चको साइबर सेलले अनलाइन फरेक्स ट्रेडिङ तथा स्टक मार्केटमा निवेशको नाममा चलिरहेको साइबर ठगी ऱ्याकेटको खुलासा गरेको छ। पुलिससे यस सम्बन्धमा दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ जसको पहिचान सितारगञ्ज, उधम सिंह नगर, उत्तराखण्ड निवासी सज्जाद अहमद (35) र उत्तम मण्डल (40)- को रूपमा गरिेको छ। दुवै आरोपीले विदेशमा बसेका साइबर ठगहरूलाई म्यूल अकाउण्ट (ठगीको लागि प्रयोग गरिने ब्यांक खाता) उपलब्ध गराइरहेका थिए। यिनीहरूले चाँद इलेक्ट्रनिकको नामबाट करेन्ट अकाउण्ट खोलेर साइबर ठगहरूलाई उपलब्ध गराए। त्यसमा ठगीको ठूलो रकम आयो। त्यसैको आधारमा पुलिसले अन्य आरोपीहरूलाई पनि खोजिरहेको छ।क्राइम ब्राञ्चका पुलिस उपायुक्त आदित्य गौतमले बताए, गत 21 फरवरी, 2025-मा द्वारकाका व्यापारीले 2.35 कड़ोर रुपियाँ ठगी भएको सिकायत दर्ता गराएका थिए। पीड़ितले बताएका थिए, उनले सोशल मीडियाको माध्यमबाट फरेक्स ट्रेडिंग तथा स्टक मार्केटमा निवेश गर्ने एउटा विज्ञापन हेरेका थिए जसमा उनले निवेश गर्ने इच्छा जाहेर गरेका थिए। त्यसपछि उनलाई निवेश गरे राम्रो मुनाफा कमाउने प्रलोभन देखाएर उनलाई केही ग्रुपहरूसित जोड़ियो। बिस्तारै पीड़ितले लगभग 2.35 कड़ोर रुपियाँ स्टक मार्केटमा निवेश गरे। त्यसपछि उनले मुनाफा भएको रुपियाँ निकाल्ने प्रयास गर्दा पैसा निक्लेन। पछि आरोपीहरूले तिनलाई सबै ग्रुपहरूबाट डिलीट गरिदिए।आफू ठगिएको थाहा लागेपछि उनले सिकायत गरे। पुलिसले मामिला दर्ता गरी अनुसन्धान शुरू गऱ्यो। अपराध शाखाले इन्स्पेक्टर मनजीत कुमार सहित अऩ्यको टीम गठन गऱ्यो। टीमले ती खाताहरूको जाँच गऱ्यो जसमा ठगीको रुपियाँ जमा भएको थियो। जाँचमा थाहा लाग्यो, ठगीको रुपियाँ लगभग 20 वटा भिन्न खातामा पुगेको छ। त्यसपछि पुलिसले सितारगञ्ज, उधम सिंह नगरमा छापा मारेर दुवै आरोपीहरूलाई समात्यो। यिनीहरूले आफ्नो अपराधलाई स्वीकार गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा