झ्याँल काटेर घऱमा पसेर 10 लाखको गहना र 50 हजार रूपियाँ चोरी
झ्याँल काटेर घऱमा पसेर 10 लाखको गहना र 50 हजार रूपियाँ चोरी


मीरजापुर, 23 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशमा जिल्ला मीरजापुरको मड़िहान थाना क्षेत्र स्थित मड़िहान गाउँको मजरा पहाड़ीमा शनिवार राति चोरहरूले झ्याँल काँटेर घरभित्र पसेर 50 हजार रूपियाँ नगदी र लगभग 10 लाख रूपियाँको गहना चोरे। आइतवार बिहान सूचना पाएर घटनास्थलमा पुगेको स्थानीय पुलिसले घटनास्थलको निरीक्षण गरी जाँच शुरू गऱ्यो।

मड़िहान गाउँ निवासी पीड़ित जमुना यादवले बताए, राति परिवारका सदस्य खाना खाएर आ-आफ्नो कमरामा सुत्न गएका थिए। उनी मुख्य दैलो निकट कमरामा सुतिरहेका थिए। सोहीबीच अबेर राति चोरहरूले घरको पछाड़ी लागेको झ्याँलको फलामको ग्रील काटेर कमरामा पसे। चोरहरूले महिलाहरूको कमराको चुकुल बाहिरबाट लगाए औं दोस्रो कमरामा राखेको बाकस र आलमारीको ताला तोड़ेर त्यसमा राखेको 50 हजार रूपियाँ नगदी, लगभग 10 लाख रूपियाँ गहना चोरे।

बिहान महिलाहरूले दैलो खोल्न चाहँदा दैलो बाहिरबाट बन्द थियो। खैलाबैला सुनेर घर मालिकले बाहिरबाट दैलो खोले। कमरामा छर्रिएको सर-समान देखेर परिजनहरूले चोरीको सूचना पुलिसलाई दिए। मड़िहान थाना प्रभारी बाल मुकुन्द मिश्रले बताए, चोरहरूले एउटा घरलाई लक्षित गरेर लाखौंको चोरी गरेका छन्। पुलिस टीमलाई घटनास्थलमा पठाएर घटनास्थलको जाँच गरी साक्ष्यहरू एकत्र गरियो। मामिलाको गम्भीरतालाई मध्यनजर राखेर चोरीको घटनाको खुलासाको निम्ति सर्विलान्स टीम र स्थानीय चौकी पुलिस टीमलाई खटाइएको छ। वरपरका सीसीटीभी फुटेजको जाँच भइरहेको छ, छिट्टै नै चोरीको खुलासा गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande