राज्यपाल स्वर्ण कप: एपीआई चर्च बोइज नेपाललाई पराजित गरेर राजस्थान युनाइटेड सेमिफाइनलमा
Governor gold cup


गान्तोक, 23 नोभेम्बर (हि.स.)। सिक्किम फुटबल एसोसिएशनको तत्वावधानमा यहॉंको पाल्जोर स्टेडियममा चलिरहेको प्रतिष्ठित 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट अन्तर्गत आज खेलिएको दोस्रो क्वार्टर फाइनल खेलमा एपीआई चर्च बोइज एफसीलाई पराजित गरेर राजस्थान युनाइटेड एसफी सेमिफाइनलमा प्रवेश गरेको छ। राजस्थान युनाइटेड एफसीले प्रतिद्वन्दी दललाई 3-1 गोलले पराजित गऱ्यो।

राजस्थान युनाइटेड एफसीको तर्फबाट जर्सी नम्बर 10 विलियमले पहिलो गोल गरेका थिए। यसरी नै दोस्रो अनि तेस्रो गोल जर्सी नम्बर 30 नओबा मेइतीले दुई गोल गरे। अर्कातिर, एपीआई चर्च बोइज एफसीको तर्फबाट एकमात्र गोल जर्सी नम्बर 15 दिनेशले गरेका थिए। राजस्थान युनाइटेडका नओबा मेइतीलाई म्यान अफ् द म्याच चयन गरियो।

आज सिम्फेडका चेयरम्यान तेन्जिङ दोर्जी भोटिया मुख्य अतिथि र राज्य खेलकुद एवं युवा मामिला विभागकी सचिव योङ्छेन डोल्मा तामाङ विशिष्ट अतिथि थिइन्। भोलि, सिक्किम ड्रेगन्स एफसी र नर्थ इस्ट युनाइटेड एफसीबीच सॉंझ 4:30 बजी तेस्रो क्वार्टरफाइनल खेल सम्पन्न हुनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande