
कोलकाता, 25 नोभेम्बर (हि.स.)। एसआईआर सहित अतिरिक्त कार्यहरूको निरन्तर बढ़्दो बोझको विरोधमा सोमवार बीएलओ अदिकार रक्षक समितिले प्रदर्शन गऱ्यो। अपरान्ह राज्यको मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालय बाहिर ठूलो संख्यामा बीएलओ कर्मचारीहरू भेला हुनाले त्यहाँको वातावरण तनाउपूर्ण भयो।
प्रदर्शनकारीहरूले आरोप लगाए, अत्यधिक कार्यभार अब असहनीय भइसकेको छ। यसैको विरोधस्वरूप उनीहरूले “अब सम्भव छैन”- को नारा लगाएर आफ्नो रोष व्यक्त गरे। स्थिति त्यसबेला अधिक तनाउपूर्ण भयो जतिबेला केही बीएलओहरूले चुनाउ आयोग कार्यालयको मुख्य द्वारमा लगाइएको ब्यारिकेडलाई भत्काउने चेष्टा गरे। प्राप्त जानकारी अनुसार एकजना बीएलओले आयोगको कार्यालयको गेटमा तला लगाउने प्रयास गरे जसलाई घटनास्थलमा उपस्थित पुलिसकर्मीहरूलाई तुरून्तै रोके। प्रदर्शन अवधि पुलिस र बीएलओ कर्मचारीहरूबीच हल्का ठेलाठेल भयो। त्यसपछि बीएलओ कर्मचारीहरूको एक समूह आयोगको कार्यालय सामु धरनामा बसे।
बीएलओ अधिकार रक्षक समितिको भनाइ छ, जबसम्म कार्यभार कम गर्ने, आवश्यक सुविधा उपलब्ध गराउने अनि मानदेय बढ़ाउने जस्ता मुद्दाहरूमा ठोस आश्वासन पाउँदैन तबसम्म उनीहरूको आन्दोलन जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा