उदयपुरलाई ‘बेस्ट वेडिंग डेस्टिनेशन’ अवार्ड
उदयपुरलाई ‘बेस्ट वेडिंग डेस्टिनेशन’ अवार्ड


जयपुर, 24 नोभेम्बर (हि.स.)। झीलहरूको नगरी उदयपुरले वेडिंग टूरिज़्ममा आफ्नो महत्वलाई फेरि एक पटक साबित गर्दै आउटलुक ट्राभलर अवार्ड-2025 मा ‘बेस्ट वेडिंग डेस्टिनेशन’- को खिताब हासिल गऱ्यो। यो अवार्ड नयाँ दिल्लीस्थित हयात रीजनसीमा आयोजित भव्य समारोहमा सिक्किमका पर्यटन एवं नागरिक उड्डयन मन्त्री टी.टी. भोटियाद्वारा राजस्थान पर्यटनका अतिरिक्त निदेशक आनन्द त्रिपाठी र संयुक्त निदेशक सुमिता सारोचलाई प्रदान गरियो।

स्मरण गराइन्छ, डेस्टिनेशन वेडिंग श्रेणीमा राजस्थान लगातार अग्रणी रहिआएको छ। महलहरू, झीलहरू तथा मेवाड़ी धरोहरहरूको कारणले उदयपुर वर्षौंदेखिको देशी-विदेशी कपल्सको पहिलो डेस्टिनेशन भएको छ। हालका वर्षहरूमा उदयपुर एशिया मात्र नभएर वैश्विक ऱ्याकिंगमा पनि शीर्ष पाँच गन्तव्यहरूमा सामेल भएको छ।

उपमुख्यमन्त्री एवं पर्यटन मन्त्री दिया कुमारीले उदयपुर बेस्ट डेस्टिनेशन अवार्ड प्राप्त भएकोमा प्रसन्नता व्यक्त गर्दै भनिन्, डेस्टिनेशन वेडिंगको लागि राजस्थान पहिलो रूचि रहिआएको छ। देशका लगभग 70 वटा हेरिटेज प्रपर्टी यहाँ अवस्थित छन्। हाम्रो किल्ला, महल, हवेली संरचना मात्र नभएर राजस्थानको इतिहासको जीवन्त आत्मा हो। पर्यटन आयुक्त रूकमणी रियाड़ले भनिन्, पर्यटन विभाग अब आफ्नो विरासत अनि संस्कृतिको पूर्ण लाभ उठाउँडै वेडिंग, वेलनेस तथा एडभेन्चर टुरिज्म जस्तो क्षेत्रमा आफ्नो विशिष्ट दर्जा पाउनको लागि पूर्ण रूपले तयार छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande