नहरमा भेटियो चार दिनदेखि बेपत्ता युवकको शव
नहरमा भेटियो चार दिनदेखि बेपत्ता युवकको शव


पूर्व मेदिनीपुर, 24 नोभेम्बर (हि.स.)। एसआईआर इन्यूमरेशन फारम भर्न अनि निजी कामको लागि दिल्लीबाट घरमा आएका युवक शेख अनवर (27)-को शव सोमवार बिहान नहरबाट उद्धार गरियो। यस घटनाको कारणले क्षेत्रमा सन्त्राष फैलिएको छ। हराएको चार दिनपछि उसको शवलाई भगवानपुर थाना अन्तर्गत गोपीनाथपुर क्षेत्रस्थित एक नहरमा तैरिरहेको अवस्थामा भेटियो।

जानकारी अनुसार कुटबार चौखली क्षेत्र निवासी अनवर गत बिहीवार आफ्नी बहिनीको घर जाने भएर घरबाट हिँड़ेका थिए। त्यसपछिदेखि नै तिनी बेपत्ता भएका थिए। परिवारले हरसम्भव खोजतलास गऱ्यो, तर कतै भेटिएन। सोमवार बिहान स्थानीय मानिसहरूले नहरमा शव तैरिरहेको देखेर भगवानपुर थानालाई तुरून्तै सूचना दिए। पुलिसले घटनास्थलमा पुगेर शवलाई बाहिर निकाल्यो अनि पोस्टमर्टम गर्नको लागि पठाइदियो।

पुलिसको भनाइ छ, मृतकको शरीरमा कुनै प्रकारको चोटको निशान पाइएको छैन। पोस्टमर्टम रिपोर्ट आएपछि नै मृत्युको कारण पत्तो लाग्नेछ। पुलिसले सबै पाटो र पक्षको जाँच गरिरहेको छ।

अनवरको परिवारले तिनको हत्या गरिएको आशंका व्यक्त गरेको छ तथापि अहिलेसम्म यस सम्बन्धमा कुनै एफआईआर दर्ता गरिएको छैन।

पुलिसले बतायो, ममिलाको गम्भीर रूपमा जाँच गरिँदैछ। हराएको देखि लिएर शव भेट्दासम्मको सम्पूर्ण घटनाक्रमलाई जोड़िँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande