जालझेल गरी नोकरी दिलाउने वाचाः झाड़ग्राममा सिभिक भोलन्टियर पक्राउ
जालझेल गरी नोकरी दिलाउने वाचाः झाड़ग्राममा सिभिक भोलन्टियर पक्राउ


झाड़ग्राम, 24 नोभेम्बर (हि.स.)। सरकारी दस्तावेज़ औ स्ट्याम्प जालझेल गरी जिल्ला परिषदमा नोकरी दिलाउने नाममा लाखौं रुपियायं ठगेको आरोपमा झाड़ग्राम जिल्लाको जमबनी थाना पुलिसले एकजना सिभिक भोलन्टियरलाई पक्राउ गरेको छ।

सोमवार पुलिसबाट प्राप्त जानकारी मुताविक सिभिक भोलन्टियर दीपेन्दुले नक्कली सरकारी कागज अनि स्ट्याम्प बनाएर मानिसहरूलाई जिल्ला परिषदमा नोकरी दिलाउने प्रलोभन दिएको अनि सट्टामा ठूलो धनराशि लिएको आऱोप छ। सिकायत प्राप्त भएपछि पुलिसले रातोरात छापा मारेर उसलाई पक्राउ गऱ्यो।

पक्राउ पश्चात आरोपीलाई झाड़ग्राम अदालतमा पेश गरियो जहाँ न्यायाधीशले मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै आरोपीलाई चार दिनको पुलिस हिरासतमा राख्ने स्वीकृति दिएका छन्। पुलिसले अब यो पत्तो लगाउने चेष्टा गरिरहेको छ कि यस जालझेलमा को-को सामेल छ र कतिजनाको पैसा लिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande