भाजपाको परिवर्तन संकल्प यात्रामा उर्लियो भीड़ः शुभेन्दु अधिकारीले भने-“बंगालले परिवर्तन चाहन्छ”
भाजपाको परिवर्तन संकल्प यात्रामा उर्लियो भीड़ः शुभेन्दु अधिकारीले भने-“बंगालले परिवर्तन चाहन्छ”


दक्षिण 24 परगना, 24 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा तृणमूल कंग्रेस सरकारमाथि “असीमित चोरी, भ्रष्टाचार, हत्या, बलात्कार, महिला उत्पीड़न औ एसआईआरलाई लिएर लगातार झुटो कुरा फैलाएको” आरोपलाई लिएर भारतीय जनता पार्टीले सोमवार मथुरापुर संगठनात्मक जिल्लामा ‘परिवर्तन संकल्प यात्रा’ निकाल्यो। यस यात्राको नेतृत्व विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले गरे।

यात्रा अवधि विशाल भीड़लाई सम्बोधन गर्दै शुभेन्दु अधिकारीले भने, राज्यमा कानून-व्यवस्थाको स्थिति खस्किँदो छ। तृणमूल सरकारले “भ्रष्टाचार औ अत्याचारलाई सरकारी नीतिको रूप दिएको छ।” उनले दाबी गरे, एसआईआरको सन्दर्भमा मानिसहरूलाई सुनियोजित ढंगमा भ्रमित पारिँदैछ। ममता सरकारले “जन-भावनाहरूसित खेलवाड़ गरिरहेको छ।”

शुभेन्दु अधिकारीले भने, “पश्चिम बंगालका जनता अब परिवर्तनको लागि तयार भइसकेका छन्। मथुरापुरदेखि उठेको यो परिवर्तनको आवाज राज्यभरि नै गुञ्जिनेछ।” उनले तृणमूलमाथि “कट-मनी, भर्ती घोटाला, पञ्चायत स्तरदेखि लिएर मन्त्रालयसम्म फैलिएको व्यापक भ्रष्टाचार, महिलाहरूप्रति बढ़्दो अपराध तथा विपक्षी कार्यकर्ताहरूमाथि हमला”- को आरोप समेत लगाए।

‘परिवर्तन संकल्प यात्रा’-मा ठूलो संख्यामा भाजपा समर्थक, कार्यकर्ता अनि स्थानीय मानिसहरू सामेल भए। यात्रा मथुरापुरका विभिन्न क्षेत्रहरू हुँदै मन्दिर बजारको एक विशाल जनसभास्थलमा पुगेर समाप्त भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande