चक्रवात सेन्यारको कारणले पश्चिम बंगालमा कठ्याङ्ग्रिने जाड़ो ढिलो गरी आउनेछ
चक्रवात सेन्यारको कारणले पश्चिम बंगालमा कठ्याङ्ग्रिने जाड़ो ढिलो गरी आउनेछ


कोलकाता, 24 नोभेम्बर (हि .स.)। दक्षिण बंगाल तथा कोलकातामा जाड़ोको शुरूआत यसै सप्ताह विकसित हुने सम्भावित चक्रवात सेन्यारको प्रभावमाथि निर्भर गर्नेछ। क्षेत्रीय मौसम विज्ञान केन्द्र अलिपुरले सोमवार बतायो, बे अफ बंगाल (बंगालको खाड़ी )-मा विकसित लो प्रेशर एरियाको कारणले मौसम परिवर्तन हुने सम्भावना बढ़्दो छ जसले गर्दा दक्षिण बंगालमा हाल शीत ऋतुको आगमन स्थगित पनि हुनसक्छ।

केन्द्र अनुसार बे अफ बंगालमा आजदेखि सक्रिय भएको लो-प्रेशर 24 नोभेम्बरसम्ममा डिप्रेशनमा परिमत हुनसक्छ। त्यसपछि आगामी 26 नोभेम्बरसम्म यसले एक चक्रवाती तूफानको रूप धारण गर्ने आशंका छ। यस सम्भावित तूफानको नाम ‘सेन्यार’ हुनेछ जसलाई संयुक्त अरब अमीरातले राखिदिएको हो। यो पोस्ट मनसुन सीजनमा बे अफ बंगालमा विकसित हुने दोस्रो चक्रवात हुनेछ। यसपूर्व चक्रवात ‘मोन्था’-ले गत 28 अक्टोबरमा काकीनाड़ा नजिक आन्ध्र तटलाई पार गरिसकेको छ।

मौसम विभागीय अधिकारीहरूको भनाइ छ, हाल चक्रवात सेन्यारको मार्गलाई लिएऱ कुनै स्पष्टता छैन। तर यदि यो प्रणाली बंगाल र ओडिशा तट तर्फ बढ़्यो भने यसको सोझो प्रभाव यहाँको मौसममाथि पर्नेछ फलस्वरूप जाड़ोको शुरूवाट टरेर जानेछ। अधिकारी अनुसार चक्रवाती प्रणाली सक्रिय हुनाले तापमान बढ़्नेछ अनि जाड़ो अगाड़ि बढ़्नेछ। यदि यो प्रणाली अन्य दिशा तर्फ मोड़िए मौसममा अप्रत्यक्ष परिवर्तन देखिनेछ जसबाट तापमान माथि पुग्नेछ। यद्यपि यसको प्रभाव लामो समयसम्म रहनेछैन।

अधिकारीले बताए, आगामी दुई दिनभित्रमा चक्रवाती प्रणालीको दिशा अनि तीव्रताको सम्बन्ध स्पष्ट संकेत पाइनेछ जसपश्चात विस्तृत मौसम पूर्वानुमान जारी गरिनेछ।

यता समुद्री परिस्थितिलाई मध्यनजर गर्दै मछुआराहरूलाई दक्षिण-पश्चिम बंगालको खाड़ीमा 25 नोभेम्बरसम्म अऩि दक्षिण-पूर्व बंगालको खाड़ीमा आगाी 28 नोभेम्बरसम्म नजाने सल्लाह दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande