
कोलकाता, 24 नोभेम्बर (हि.स.)। दक्षिण 24 परगना जिल्लाको सन्देशखालीमा तृणमूल कंग्रेसका ब्लक लेभल एजेन्ट जमिरुल इस्लाम मोल्लालाई एकजना बीएलओको हत्या गर्ने धम्की दिएको आरोपमा पक्राउ गरिएको छ। चुनाउ आयोगका एकजना अधिकारीले सोमवार यसको पुष्टि गरे। उनले बताए, पक्रा पर्ने मोल्लाको सम्बन्ध राशन घोटाका आरोपी हाल जेलमा थुनिएका शहजाहान शेखसित पनि रहेको छ।
सूत्रले बतायो, गए अबेर राती यो पक्राउ त्यसबेला भयो जतिबेला ब्लक डेभलपमेन्ट अफिसले स्थानीय थानामा सिकायत दर्ता गरायो किबूथ नम्बर-3 का बीएलओ दीपक महतोलाई जमिरूल इस्लाम मोल्लाले गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको थियो। आरोप छ, मोल्लाले यदि उसको 97 वर्षीय काकाको नामलाई मतदाता सूचीबाट हटाइयो भने बीएलोको हत्या गरी उसको घर-सम्पत्तिमा आगो लगाइदिने धम्की दियो।
बीएलओ दीपक महतोले मोल्लालाई सम्झाएका थिए, वर्ष 2002-को मतदाता सूचीमा उसको काकाको नाम छैन, त्यसैले विशेष गहन पुनरीक्षण अभ्यासका नियमहरू अनुसार नयाँ एसआईआर फारम भर्नुपर्छ। महतो अनुसार यो एक तय प्रक्रिया हो र यसमा उसले केही पनि फेरबदल गर्नसक्दैन। तथापि टीएमसी नेताले फोनमा धम्की दिए जसको अडियो सोशल मीडियामा भाइरल भयो। (हिन्दुस्थान समाचारले उक्त भाइरल अडियोको सत्यताको पुष्टि गर्दैन)
आरोपी जमिरुल इस्लाम मोल्ला जो टीएमसी बीएलए दुई पनि हुन्,-सित लगातार जाँचबुझ भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा