मेदिनीपुरः लज र नर्सिंगहोमको भवनमा आगलागी
मेदिनीपुरः लज र नर्सिंगहोमको भवनमा आगलागी


मेदिनीपुर, 24 नोभेम्बर (हि. स.)। केरानीतला क्षेत्रमा चार तले भवनमा सोमवार अपरान्ह अचानक आगो लाग्नाले कोकोहोलो मचियो। भवनको दोस्रो तलामा संचालित गीताञ्जली लज र त्यसको मुनि तला संचालित नर्सिंगहोममा भागाभाग भयो।

धुवाँ फैलिनसाथ नर्सिंगहोमभित्र रहेका रोगी तथा परिवारहरूलाई तुरून्तै बाहिर निकालियो। स्थानीय मानिसहरूले पनि घटनास्थलमा पुगेर बचाउ कार्यमा सहयोग गर्न थाले। सूचना पाउनसाथ दमकल विभागको एक टीम घटनास्थलमा पुगेर कड़ा परिश्रम गरी आगोलाई नियन्त्रण गऱ्यो। पुलिस पनि तत्कालै घटनास्थलमा पुग्यो अनि सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरी स्थितिलाई नियन्त्रण गऱ्यो। प्रारम्भिक रूपमा आगलागीको कारण पत्तो लाग्न सकेको छैन। पुलिस अनि दमकल विभागले मामिलाको जाँच शुरू गरेको छ। घटनामा कुनै प्रकारको मानवीय क्षति भएको समाचार छैन। भवनको कतिपय भागलाई भने आंशिक रूपमा क्षति पुगेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande