प्रतिबन्धित नशालु औषधि ट्रामाडोल तस्करी गिरोहका पाँच सदस्य पक्राउ
प्रतिबन्धित नशालु औषधि ट्रामाडोल तस्करी गिरोहका पाँच सदस्य पक्राउ


नयाँ दिल्ली, 24 नोभेम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले नशालु पदार्थहरूको तस्करी गर्ने अर्को गिरोहको भण्डाफोर गरेको छ। यसपालि प्रतिबन्धित नशालु औषधि ट्रामाडोलको त स्करीमा लिप्त पाँचजना आरोपीहरूलाई पक्राउ गरिएको छ। पुलिसले यसावधि लगभग 54,000 ट्रामाडोल हाइड्रोक्लोराइड ट्याबलेट्स जफत गरेको छ। जफत गरिएको ट्याबलेट प्रतिबन्धित श्रेणीको ड्रग्समा पर्छ जसको बजार मूल्य लगभग 32 लाख रुपियाँभन्दा अधिक रहेको बताइएको छ।

पक्रा पर्ने आरोपीहरूमा मदनपुर खादर निवासी मोहम्मद आबिद, उसको आफन्त जामिया नगर निवासी मोहम्मद जावेद खान, संभालका गाउँ निवासी सुनिल कुमार, द्वारका निवासी विष्णु दत्त शर्मा औ रंगपुरी निवासी विकास सिंह उपनाम ​​ईश्वर यादव सामेल छन्। यिनीहरूमध्ये आरोपी मोहम्मद आबिद र मोहम्मद जावेद खान प्रतिबन्धित औषधिको व्यस्थापनमा सामेल थिए भने अऩ्य यसको आपूर्ति र वितरणमा सामेल थिए।

क्राइम ब्राञ्चले बतायो, उनीहरूको टीमलाई प्रतिबन्धित नशालु औषधि तस्करी गर्ने गिरोहको बारेमा थाहा लागेपछि एउटा टीमलाई यस गिरोहको पछाड़ि लगाइयो। टीमले सरिता विहारको मदनपुर खादरमा धराप थापेर आरोपी मोहम्मद आबिद नामक एकजना संदिग्ध व्यक्तिलाई रोकेर जाँच गऱ्यो जसमा एउटा ठूलो कार्टन ब्यागभित्र लुकाएर राखिएको 54,000 ट्रामाडोल हाइड्रोक्लोराइड ट्याबलेट (ट्रेकेन-100) भेटियो। त्यसपछि पुलिसले मामिला दर्ता गरी जाँच गर्न शुरू गऱ्यो।

अर्कोतिर आरोपीले जाँचबुझमा आफ्ना सहयोगी अनि आफन्त मोहम्मद जावेद खानको बारेमा बताएपछि जामिया नगर पुलिसले उसलाई पनि समात्यो। दुवैले बताए अनुरूप पुलिसले अन्य आरोपीहरूलाई पनि पक्राउ गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande