धानको खेतमा मानव कंकाल भेटियो, क्षेत्रमा सन्त्राष व्याप्त
धानको खेतमा मानव कंकाल भेटियो, क्षेत्रमा सन्त्राष व्याप्त


जयनगर, 24 नोभेम्बर (हि.स.)। दक्षिण 24 परगना जिल्लाको जयनगर थाना अन्तर्गत बटरा निकट राजापुर–कराबेग ग्राम पञ्चायत क्षेत्रमा धानको खेतमा एक मानव कंकाल भेटिनाले कोकोहोलो मचियो। बिहान डुल्न हिँड़ेका स्थानीय मानिसहरूले सबैभन्दा पहिला खेतमा कंकाल लड़िरहेको देखेर तुरून्तै पुलिसलाई सूचना दिए। जयनगर थानाको पुलिसले घटनास्थलमा पुगेर कंकालाई कब्जामा लियो अनि पद्मेरहाट ग्रामीण अस्पतालमा पोस्टमर्टम गर्नको लागि पठाइदियो।

पुलिसले बतायो, जफत गरिएको कंकाल पुरूषको हो जसको वरपर कपड़ा पनि भेटिएको छ जसलाई जाँचको लागि सुरक्षित राखिएको छ। मृतकको सही पहिचानको लागि जयनगर वा बकुलता थानाका अधिकारीहरूले संयुक्त रूपमा जाँच गरिरहेका छन्।

पुलिसको भनाइ छ, साँचो कुरा पोस्टमर्टम तथा आवश्यक वैज्ञानिक जाँचको रिपोर्ट आएपछि नै स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande