इण्डिया गेटमा प्रदूषण प्रोटेस्ट अवधि नक्सली हिडमाको पोस्टर देखाउनेहरूमाथि एक्शन, 22 जना समातिए
इण्डिया गेटमा प्रदूषण प्रोटेस्ट अवधि नक्सली हिडमाको पोस्टर देखाउनेहरूमाथि एक्शन, 22 जना समातिए


नयाँ दिल्ली, 24 नोभेम्बर (हि.स.)। नयाँ दिल्ली जिल्लाको इण्डिया गेटमा प्रदूषणको नाममा केही युवाहरू विरोध गर्न उत्रे। तर यो प्रदर्शन त्यसबेला हिंसक भयो जतिबेला प्रदर्शनकारीहरूलाई हटाउन पुगेका पुलिस जवानहरूमाथि खुर्सानी भएको स्प्रे गरियो। मामिला यतिमै सिद्धिएऩ जबकि यो विरोध प्रदर्शन अब ठूलो मामिला बन्न पुगेको छ, किनभने प्रदर्शनकारीहरूले नक्सली कमाण्डर माडवी हिडमाको समर्थनमा नाराबाजी गरे। प्रदर्शनकारी युवाहरूमध्ये कतिपयले हिडमाको नाम रहेको पोस्टर हातमा बोकेका थिए।

सोमवार दिल्ली पुलिसले मामिलामा एफआईआर दर्ता गरी प्रदर्शनकारीहरूलाई हिरासतमा लिन शुरू गऱ्यो। दिल्ली पुलिसले अहिलेसम्ममा 22 जना मानिसहरूलाई पक्राउ गरिसकेको छ। दिल्ली पुलिसले दुई वटा थानामा एफआईआर दर्ता गरेको छ। दिल्लीको कर्तव्यपथ थानामा 6 जना युवकहरूलाई पक्राउ गरिएको छ जसमाथि बीएनएसको धारा 74, 79, 105(2), 132, 221, 223, 6 (2) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। दोस्रो एफआईआर संसद मार्ग थाना दर्ता गरिएको छ जसमा अन्य प्रदर्शनकारीहरूलाई पक्राउ गरी बीएनएसको धारा 223A, 132,221, 121 A, 126 (2), 3 (5) अन्तर्गत मामिला दर्ता गरिएको छ।

नयाँ दिल्ली जिल्लाका पुलिस उपायुक्त डीसीपी देवेश कुमार महलाले भने, “केही प्रदर्शनकारीहरूले सी-हेक्सागनमा पसेर आवागमन रोक्नको लागि लगाइएको ब्यारिकेड्सलाई पार गर्ने चेष्टा गरे। हामीले उनीहरूलाई सम्झाउने प्रयास गऱ्यौं कि उनीहरूको पछाड़ि धेरैवटा एम्बुलेन्सहरू फसेका छन् र उनीहरूलाई इमरजेन्सीको खाँचो छ, तर उनीरहरू झन् बढ़ी आक्रोशित भए। पुलिसकर्मीहरूलाई लाग्यो कि स्थिति हातपातसम्म पुग्नसक्छ, त्यसैले उनीहरूले प्रदर्शनकारीहरूलाई पछि हट्ने सल्लाह दिए।

अधिकारीले भने, उनीहरूले पछि हट्न अस्वीकार गरे अनि ब्यारिकेड भत्काएर सड़कमा आए, त्यसपछि त्यही बसे। हाम्रा टीमहरूले उनीहरूलाई हटाउने प्रयास गर्दा केही प्रदर्शनकारीहरूले खुर्सानीको स्प्रेले पुलिसकर्मीहरूमाथि हमला गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande