खरसाङ महकुमा खेलकूद संघको आयोजनामा अन्तर कार्यालय टी 10 क्रिकेट टुर्नामेन्ट शुरु
Cricket tournament


खरसाङ, 24 नोभेम्बर (हि.स.)। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङको भिक्टोरिया खेल मैदानमा अन्तर कार्यालय टी 10 क्रिकेट टुर्नामेन्ट शुरु भएको छ। विभिन्न कार्यालयहरुमाझ सौहार्दपूर्ण मित्रता बनाउने उद्देश्यका साथमा संघको आयोजनामा आयोजित टी 10 क्रिकेट टुर्नामेन्टमा जम्मा 14 वटा टिमले भाग लिइरहेका छन्।

यस कार्यालय स्तरीय टी 10 क्रिकेट टुर्नामेन्टको पहिलो दिन तीनवटा खेल सम्पन्न गरियो। प्रथम खेलमा खरसाङ नगरपालिकाले पीएनएचजेपी 'जु' लाई, दोस्रो खेलमा अग्निशमन विभागले डीएफओ कार्यालयलाई र तेस्रो खेलमा डाउहिल स्कूलले खरसाङ कोर्टलाई पराजित गऱ्यो।

यस क्रिकेट टुर्नामेन्टको दुईवटा सेमिफाइनल खेल आगामी 3 दिसम्बरमा र फाइनल खेल आगामी 5 दिसम्बरमा हुने आयोजक संघका उपाध्यक्ष फुर्बा घिसिङले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande