लाचित बरफुकन असमको शौर्य-परम्पराका अमेट प्रतीक हुन्ः मुख्यमन्त्री
लाचित बरफुकन असमको शौर्य-परम्पराका अमेट प्रतीक हुन्ः मुख्यमन्त्री


गुवाहाटी, 24 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले साेमवार महान अहोम सेनापति लाचित बरफुकनको जयन्तीमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनले भने, उनको अदम्य साहस, वीरता एवं नेतृत्व हरेक असमियाको लागि आज पनि प्रेरणाको श्रोत हो।

मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, लाचित बरफुकनको अद्वितीय पराक्रमको धारा हरेक असमवासीको कण-कणमा प्रवाहित हुन्छ अनि यसले भावी पिँढ़ीलाई सदैव मार्गदर्शन गरिरहनेछ। लाचित दिवसको अवसरमा उनले ती महान वीरलाई नमन गरे जसले राष्ट्रको गरिमालाई कहिल्यै झुक्न दिएऩन्।

डा. हिमन्त बिस्व सरमाले बताए, राज्य सरकारले लाचित बरफुकनको शौर्य गाथालाई संरक्षित अनि प्रसारित गर्ने उदेश्यले उनको नाममा पुलिस अकादमी, स्मारक, विद्यालय पाठ्यक्रम तथा विश्वस्तरीय प्रशिक्षण संस्थान स्थापना गरिरहेको छ। उनले भने, उनको वीरताको विरासतले नयाँ पिँढ़ीमा देशभक्ति, साहस अनि कर्तव्यनिष्ठालाई निरन्तर प्रेरित गरिरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande