धर्मेन्द्रको निधनमा ममता ब्यनर्जी र सुकान्त मजुमदारद्वारा गहिरो संवेदना व्यक्त
धर्मेन्द्रको निधनमा ममता ब्यनर्जी र सुकान्त मजुमदारद्वारा गहिरो संवेदना व्यक्त


कोलकाता, 24 नोभेम्बर (हि.स.)। मुम्बईमा सोमवार दिग्गज बलीवुड अभिनेता धर्मेन्द्रको निधन भएको खबर प्रकाशमा आउनसाथ देशभरि नै शोक छायो। हिन्दी फिल्म जगतका यस महान अभिनेताले आफ्नो बेजोड़ अभिनय, विनम्रता एवं चमत्कारी उपस्थितिबाट भारतीय सिनेमामा अमेट थाप छोड़े।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जी र केन्द्रिय राज्य मन्त्री डा. सुकान्त मजुमदारले सोशल मीडिया प्लेटफर्म एक्स (पूर्व ट्विटर)-मा धर्मेन्द्रलाई श्रद्धाञ्जली दिँदै गहिरो संवेदना व्यक्त गरे।

ममता ब्यनर्जीले लेखिन्—'भारतीय सिनेमालाई प्रेरित गरिरहनेछन् धर्मेन्द्रले। उनलाई धर्मेन्द्रजीको निधनको खबरले गहिरो दुःख पुऱ्याएको छ। उनले अझ लेखिन्- “भारतीय सिनेमामा धर्मेन्द्रजीको योगदान भावी पिँढ़ीहरूको लागि प्रेरणाको श्रोत हुनेछ। उनका परिवार, प्रशंसक तथा अऩुयायीहरूप्रति मेरी हार्दिक संवेदना। हेमा मालिनीजी, उनका छोरा-छोरीहरूले अब उनको समृद्ध विरासतलाई अगाड़ि बढ़ाउनेछन्। ईश्वरले उनको आत्मलाई शान्ति दिउन्।”

डा. सुकान्त मजुमदारले आफ्नो सन्देशमा भने, “धर्मेन्द्रजी जस्ता महान, प्रिय औ प्रतिष्ठित अभिनेता जानु भनेको भारतीय सिनेमाको लागि अपूरणीय क्षति हो। उनको सदाबहार अभिनय, सरल स्वभाव औ आकर्षक व्यक्तित्वले नयाँ पिँढ़ीलाई प्रभावित पाऱ्यो। भारतले आज एकजना अमूल्य रत्नलाई गुमाएको छ। उनको परिवार, सहकर्मी तथा कड़ोरौं प्रशंसकहरूप्रति मेरो गहिरो संवेदना। ओम शान्ति।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande