सबिता कार्की आगामी विधानसभा चुनाउमा खरसाङ शहरकी चुनाउ प्रभारी नियुक्त
Kurseong


खरसाङ, 24 नोभेम्बर (हि.स.) भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा खरसाङ महकुमा समिति नारी शक्ति अध्यक्षा सबिता कार्कीलाई विधानसभा चुनाउ 2026 को निम्ति प्रभारी नियुक्त गरिएको छ। जीटीए प्रमुख कार्यपाल अनित थापाले खरसाङ नगरपालिका क्षेत्रमा लगभग 200 करोड़ रूपियॉंको लागतमा कार्यान्वयन गरिने अमृत 2.0 पेयजल परियोजनाको देखरेख गर्न र यस परियोजनाको बारेमा जनसाधारणलाई अवगत गराउन प्रत्येक वार्डमा समिति बनाउन आदेश दिएका थिए।

यसै क्रममा आज खरसाङ टाउन कमिटीको तत्वावधानमा टाउन कमिटीका वरिष्ठ सदस्य सन्तोष परीको अध्यक्षतामा सभा सम्पन्न गरियो।

सभामा आफ्नो सम्बोधन राख्दै भागोप्रमो केन्द्रिय समिति सदस्य तथा खरसाङ टाउन कमिटीका संयोजक समीर दीप ब्लोनले पार्टी अध्यक्ष अनित थापाको निर्देश अनुसार भागोप्रमो खरसाङ महकुमा समितिकी नारी शक्ति अध्यक्षा सबिता कार्कीलाई विधानसभा चुनाउ 2026 को निम्ति खरसाङ नगरपालिका क्षेत्रकी निर्वाचन प्रभारीको नियुक्ति पत्र प्रदान गरे।

नवनियुक्त निर्वाचन प्रभारी कार्कीले पार्टी अध्यक्ष अनित थापालाई आफ्नो कार्यको मूल्यांकन गरेर निर्वाचन प्रभारी नियुक्त गरेकोमा धन्यवाद दिइन्। सभालाई सभाध्यक्ष सन्तोष परी, टाउन कमिटी युवा शक्तिका अध्यक्ष बन्धन लामा, 28 नम्बर चिम्नी देउराली समष्टिका सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाका उपाध्यक्ष तथा भागोप्रमो खरसाङ महकुमा समितिका अध्यक्ष सुभाष प्रधानले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande