
हावड़ा, 24 नोभेम्बर (हि. स.)। जिल्लाको सन्तरागाछी पुलमा सोमवार अपरान्ह दुई वटा बस आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा सातजना मानिसहरू घाइते भए। प्रत्यक्षदर्शीहरू अनुसार दुवै बसले एका-अर्कासित अगाड़ि बढ़्ने होड़ गरिरहेको थियो। त्यसै क्रममा यो दुर्घटना भएको हो। घाइतेहरूलाई हावड़ा जिल्ला अस्पतालमा भर्ती गरिएको छ।
पुलिस सूत्र मुताविक के -11 रूटको बस कोलकातादेखि नेशनल हाइवे तर्फ गइरहेको थियो भने अर्कोतिर यात्रीहरूले भरिएको एउटा बस दिघादेखि हावड़ा तर्फ गइरहेको थियो। यसै अवधि ओभरटेक गर्ने प्रयास गर्दा दुवै बस आपस्तमा ठोक्किएर दु र्घटनाग्रस्त भयो। पुलिसले दुवै बसलाई हटाएर ट्राफिकलाई सामान्य बनायो। एउटा बसको चालकलाई पक्राउ गरिएको छ भने अर्को बसको चालक भाग्न सफल भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा