इण्डियन गोर्खा जनशक्ति फ्रण्टको सोनादा पचेङ समष्टी कमिटी गठन
Sonada


सोनादा, 24 नोभेम्बर (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको सोनादा पचेङ समष्टिस्तरीय कमिटी गठन गरिएको छ। उक्त समष्टिस्तरीय कमिटीमा अध्यक्ष सिद्धान्त थापा, सचिव रमेश राईलाई चयन गरिएको छ। सभामा उपस्थित सम्पूर्ण सदस्यहरूको सर्वसम्मतिमा उनीहरूलाई चयन गरियो।

यसका साथै भूपति सुब्बालाई सल्लाहकारको रुपमा चयन गरिएको छ। यसैगरी, कमिटीमा 55 जनालाई कार्यकारिणी सदस्यको रूपमा चयन गरिएको छ। सभामा सम्पूर्ण समष्टि कमिटीलाई लिएर पार्टीको भावी रणनीतिहरुमाथि गहन चर्चा गरियो।

सभापछि पत्रकारहरुसित कुराकानी गर्दै पार्टीको सुखिया खण्डका संयोजक अमृत प्रधानले इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रिय संयोजक अजय एडवर्ड्सको नेतृत्व र निर्देशनमा 45 वटै समष्टिहरुमा समष्टि कमिटी गठन गर्ने कार्य चलिरहेको बताए। यसै क्रममा आज सोनादा पचेङ समष्टिको पनि समष्टि कमिटी गठन गरिएको उनले बताए।

उनले भने, हामी जनताको सेवा गर्न निस्केका हौँ। जनताको पैसा खाएर राजनीति गर्ने हाम्रो चलन छैन। गरीब दु:खीको पैसा खाएर राजनीति गर्नु राम्रो होइन।' उनले सही नेतृत्वको लागि आफूहरूले अजय एडवर्ड्सलाई साथ दिइरहेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande