
मुम्बई, 24 नोभेम्बर ( हि,. स.)। मानिसहरूलाई आशा थियो, भारी वर्षाको कारणले यसपालिको जाड़ो रमाइलो हुनेछ। तर यस वर्ष नोभेम्बरको अन्तिम हप्तासम्म पनि ठाणेमा गर्मीको कहर यथावत छ। शहरको अधिकतम तापमान 35 डिग्री सेल्सियस रेकर्ड गरियो जसबाट कठ्याङ्ग्रिने जाड़ो हुने समयमा अक्टोबरको जस्तो गर्मी भएको छ।
पछिल्लो तीन-चार दिनदेखिको टेम्परेचर लगातार बढ़िरहेको छ भने अपरान्हको समयमा घरदेखि बाहिर निक्लिनु पनि गाह्रो भिरहेको छ। 30-35 डिग्री सेल्सियस तापमानले जाड़ोको आनन्दलाई पूर्ण रूपले समाप्त गरिदिएको छ।
मेटियोरोलजिकल डिपार्टमेन्टले अऩुमान लगाएको छ, आगामी 48 देखि 72 घण्टामा तापमान अझ बढ़्नेछ।
ठाणेका पर्यावरणविद प्रशान्त सिनकरको भनाइ छ, ठाणेका मानिसहरू यस परिवर्तनशील मौसमदेखि दिक्क भइसकेका छन्, बिहान हल्का चिसो अनि अपरान्ह चिलचिलाउने घाम। माटोमा नमी, चर्को घामको गर्मी तथा सुक्खा गर्मी हावाको कारणले तापमान द्रूत गतिमा बढ़िरहेको छ। उनले आशंका व्यक्त गरेका छन्, सायद बढ़्दो वायु अनि ध्वनि प्रदूषण पनि जाड़ोमा गर्मी हुनुको प्रमुख कारण हुनसक्छ।
अहिले जुन तापमान बढ़िरहेको छ त्यो केही समयको लागि मात्र हो। केही दिनमा पारा झर्नेछ अनि औधि जाड़ो हुनेछ। यो गर्मी माटोमा नमी तथा मौसम परिवर्तनको कारणले बढ़ेको हो भन्ने भनाइ छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा