तलाउमा झऱ्यो पुलकर, तीनजना नानीहरूको मृत्यु
तलाउमा झऱ्यो पुलकर, तीनजना नानीहरूको मृत्यु


हावड़ा, 24 नोभेम्बर (हि. स.)। जिल्लाको उलुबेड़ियामा सोमवार अपरान्ह स्कूलबाट नानीहरूलाई लिएर फर्किरहेको पुलकर अनियन्त्रित भएर सोझै तलाउमा झऱ्यो। यस दुःखदायी घटनामा तीनजना स्कूले नानीहरूको मृत्यु भयो।

स्थानीय सूत्र अनुसार दुर्घटना अपरान्ह लगभग 3 बजे भएको हो। स्थानीय एक स्कूलबाट पाँचजना विद्यार्थी नानीहरूलाई लिएर पुकर घर फर्किरहेको थियो। बहिरा गाउँ नजिक चालकले अचानक नियन्त्रण गुमायो फलस्वरूप नानीहरू सहित पुलकर तलाउमा झऱ्यो।

तलाउमा वाहन झरेपछि नानीहरूको चित्कार र पुकार सुनेर वरपरका मानिसहरू दौड़ेर घटनास्थलमा पुगे। तुरून्तै पुलिसलाई पनि सूचना दिइयो। स्थानीय मानिसहरूले पहिला बचाउ कार्य शुरू गर्दै नानीहरूलाई निकाल्ने चेष्टा गरे। त्यसपछि गोताखोरहरूलाई बोलाएर खोजी अभिान संचालन गरियो।

घटनापछि सम्पूर्ण क्षेत्रमा शोक अनि आक्रओश व्याप्त भएको छ। पुलिसले दुर्घटना कसरी भयो पत्तो लगाउने चेष्टा गरिरहेको छ। घाइते नानीहरू र चालकलाई प्राथमिक उपचारको निम्ति अस्पतालमा लगिएको छ। प्रशासनले मृतकहरूका परिवारहरूप्रति संवेदना व्यक्त गर्दै मामिलाको जाँच गर्ने आदेश दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande