मणिपुरमा दुई भिन्न अभियानमा दुईजना ड्रग पेडलर समातिए
मणिपुरमा दुई भिन्न अभियानमा दुईजना ड्रग पेडलर समातिए


इम्फाल, 24 नोभेम्बर (हि.स.)। सुरक्षा बलहरूले मणिपुरका दुई वटा जिल्लाहरूमा बितेको 24 घण्टाभित्रमा चलाएको दुई भिन्न अभियानको क्रममा दुईजना ड्रग पेडलरहरूलाई पक्राउ गरेका छन्। पुलिस प्रवक्ताले सोमवार बताए, दुवै मामिलामा हेरोइन र अफिमको भारी मात्रा जफत गरिएको छ।

पहिलो कारबाहीमा थौबल जिल्लाको लिलोंग नुंगई निवासी शेख बसिर अहमदलाई मोइरांग थाना गेट चेक-पोस्ट (बिष्णुपुर जिल्ला)-बाट पक्राउ गरियो। जाँच गर्दा उसको कब्जाबाट तीन वटा साबुनदानीमा भरिएको लगभग 74 ग्राम हेरोइन पाउडर जफत गरियो।

दोस्रो कारबाहीमा सुरक्षा बलहरूले सैकुल थाना अन्तर्गत गुनफाइबुंग गाउँका प्रमुख 43 वर्षीय लूंखोहाओ किपगनलाई कांगपोकपी जिल्लाको बांगमौल गाउँबाट पक्राउ गरे। अधिकारीहरू अनुसार उसको कब्जाबाट 986 ग्राम अफिम र एउटा मोबाइल फोन जफत गरियो। दुवै आरोपीलाई हिरासतमा लिएर ड्रगको सप्लाई नेटवर्कको जाँच गरिंदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande