
कोलकाता, 24 नोभेम्बर (हि.स.)। पश्चिम बंगाल स्कूल सर्भिस कमिशन (डब्ल्यूबीएसएससी)-ले उच्च माध्यमिक शिक्षक भर्ती प्रक्रियामा ठूलो कदम उठाउँदै ती 300 उम्मेद्वारहरूलाई अयोग्य घोषित गरिदिएको छ जो साक्षात्कारको लागि चयनित भइसकेका थिए, तर जाँचमा उनीहरूको अनुभव प्रमाण-पत्र जाली पाइयो। यो अनुभव प्रमाण-पत्र 10 अंकको वेटेजको लागि अनिवार्य थियो जसलाई केही उम्मेद्वारहरूले जाली दस्तावेजको माध्यमबाट हासिल गर्ने प्रयास गरे।
कमिशनका अधिकारीहरू अनुसार अयोग्य घोषित उम्मेद्वारहरूले जाली अनुभव प्रमाण-पत्र मात्र नभएर जन्म प्रमाण-पत्र र शैक्षणिक अंकपत्र पनि जाली प्रस्तुत गरेका थिए। यी उम्मेद्वारहरूको पहिचान दस्तावेजहरूको जाँच अनि सत्यापन प्रक्रिया अवधि भएको हो जसको शुरूआत गत 18 नोभेम्बरदेखि गरिएको थियो।
गत सेप्टेम्बर महिनामा आयोजित लिखित परीक्षामा सामेल केही उम्मेद्वारहरू जसले अनुभव आधारित वेटेजको लाभ उठाउन सकेनन् अनि साक्षात्कारको सूचीदेखि बाहिरिए,-ले शुरूदेखि नै यस मानदण्डमाथि आपत्ति जनाउँदै आएका थिए। उनीहरूको आरोप थियो, यस नयाँ मानदण्डले भ्रष्टाचारको सम्भावनालाई बढ़ाएको छ। लिखित परीक्षाको परिणाम यसै महिना घोषित भएपछि यो कुरा स्पष्ट रूपमा देखियो कि केही मेधावी नयाँ उम्मेद्वारहरू अऩुभव आधारित वेटेज नभएकै कारणले साक्षात्कारको सूचीदेखि बाहिरिए जबकि उनीहरूले परीक्षामा उत्कृष्ट प्रदर्शन गरेका थिए।
उच्च माध्यमिक शिक्षक भर्तीको लागि लिखित परीक्षा गत सेप्टेम्बरमा आयोजना गरिएको थियो जसको परिणाम यसै महिना प्रकाशित भएको थियो। माध्यमिक शिक्षक भर्तीको लिखित परीक्षा पनि सेप्टेम्बर महिनामै भएको थियो जसको परिणाम आज घोषित हुनेछ।
डब्ल्यूबीएसएससीले बतायो, परिणाम साँझसम्म आयोगको आधिकारिक वेबसाइटमा अपलोड गरिनेछ।
यो नयाँ भर्ती प्रक्रिया ती लगभग 26 हजार पदहरूलाई भर्नको लागि भइरहेको छ जसलाई सर्वोच्च अदालतको डिभीजन बेञ्चले यसै वर्षको गत अप्रेलमा रद्द गरिदिएको थियो। निर्णय सुनाउँदै सर्वोच्चले सबै “दागी” शिक्षकहरूलाई नयाँ भर्ती प्रक्रियामा सामेल हुनदेखि प्रतिबन्ध लगाइदिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा