पश्चिम बंगालमा बारुदको थुप्रोमा बसेको छः शमिक भट्टचार्य
पश्चिम बंगालमा बारुदको थुप्रोमा बसेको छः शमिक भट्टचार्य


कोलकाता, 24 नोभेम्बर (हि. स.)। पश्चिम बंगालको कानून-व्यवस्थालाई लिएर भाजपाका प्रदेश अध्यक्ष एवं सांसद शमिक भट्टचार्यले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले आरोप लगाए, राज्य आज “बारूदको थुप्रोमा बसेको छ”, यहाँको स्थिति निरन्तर बिग्रिँदै गइरहेको छ।

मीडियासित बातचित गर्दै शमिक भट्टचार्यले भने, बितेका केही दिनदेखिको मुर्शिदाबाद जिल्लाका विभिन्न स्थानहरूबाट लगातार आग्नेयास्त्र र बम भेटिंदैछ जसले राज्यको सुरक्षा व्यवस्थामाथि ठूलो प्रश्न उठाएको छ। उनले आरोप लगाए, सम्पूर्ण पश्चिम बंगाल संकटमा घेरिएको छ। कानून व्यवस्था तासको पत्ता जस्तै ढलिसकेको छ। राज्यमा पूर्ण अराजकताको माहोल छ।

यसको साथै उनले दाबी गरे, बाहिरका मानिसहरू विशेष गरी अवैध अनुप्रवेशकारीहरूको सक्रियता निरन्तर बढ़िरहेको छ। उनी अनुसार “बांगलादेशी अऩुप्रवेशकारीहरूले बंगालभरि नै आफ्नो ठेगाना बनाइसकेका छन्। बिहार तथा झारखण्डमा जनसंख्याको स्वरूप परिवर्तन भएको छ। रोहिंग्या अनुप्रवेशकारीहरूको लागि पश्चिम बंगाल अब एक शरणस्थल तथा मार्ग बनिसकेको छ।”

शमिक भट्टचार्यले राज्य सरकारमाथि कटाक्ष गर्दै भने, प्रशासनको विलफलताको कारणले हतियार र विस्फोटकहरूको जाल फैलिरहेको छ जसबाट आम मानिसहरूले असुरक्षा महसूस गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande