भागोप्रमो घैयाबारी ग्राम पञ्चायत तीन पञ्चायत स्तरीय ब्लक कमिटी गठन
Bgpm


खरसाङ, 24 नोभेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) तीनधारे महानदी समष्टि अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनलाई लिएर ग्राम पञ्चायत स्तरीय ब्लक कमिटी गठन गरिएको छ। भागोप्रमोको घैयाबारीस्थित पार्टी कार्यालयमा आज सम्पन्न एक सभामा कमिटी गठन गरियो। सभाको अध्यक्षतामा भागोप्रमो खरसाङ महकुमा समितिका उप सभापति प्रेम प्रधानले गरेका थिए।

सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका पर्यवेक्षक एवं सभासद प्रणाम रसाइली, युवा शक्ति समष्टिका सभापति एवं घैयाबारी ग्राम पञ्चायत तीनका उप प्रधान केवल राई, समिति सदस्या कुसुम प्रधान आदिले सम्बोधन गरेका थिए। सभामा वक्ताहरुले पार्टीको सांगठनिक गतिविधि र आगामी दिनका विभिन्न कार्यहरु र योजनाहरु विषयमा चर्चा परिचर्चा गरेका थिए।

सभामा भागोप्रमो घैयाबारी ग्राम पञ्चायत तीनको ग्राम पञ्चायत स्तरीय ब्लक कमिटी गठन गरियो। उक्त कमिटीमा सभापति केवल राई, उप सभापति दावा वाङ्दी लामा, जीवन थापा, सम्पल राई, सचिव धिरेन प्रधान, सह सचिव नवराज प्रधान, बिक्रम तामाङ, निर्मल तामाङ, कोषाध्यक्ष शंकु खवास, प्रचार प्रसार सचिव बिपना विश्वकर्मा र प्रताप परियार चयन गरियो। यसैगरी, घैयाबारी तीन ग्राम पञ्चायतका निर्वाचित समिति सदस्यहरु र पञ्चायत सदस्यहरुलाई प्रमुख सल्लाहकार चयन गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande