
सीकर, 24 नोभेम्बर (हि.स.)। जिल्लाको तारपुरा गाउँमा एक पारिवारिक विवादले पूरा क्षेत्रमा खैलाबैला मच्चाएको छ। यहाँ एक भाईले आफ्नो कान्छा भाईको धारिलो हतियारले हमला गरी हत्या गऱ्यो। घटनापछि गाउँमा खैलाबैला मच्चिएको छ। पुलिसले शवलाई एसके अस्पताल, सीकरको मोर्चरीमा राखेको छ, जहाँ सोमवार बिहान पोस्टमार्टम गराइयो।
अतिरिक्त जिल्ला पुलिस अधीक्षक डा. तेजपाल सिंहले बताए, आरोपी भाईलाई पुलिसले राउण्डअप गरेको छ र उसित सोधपुछ जारी छ। घटनाको सूचना पाउनसाथ दादिया थाना पुलिस घटनास्थलमा पुग्यो। यसपछि एएसपी डा. तेजपाल सिंह, सीओ धर्मेन्द्र कुमार र उद्योग नगर सीआई राजेश बुडानियाले घटनास्थलको निरीक्षण गरे। एफएसएल टीमले पनि घटनास्थलबाट महत्वपूर्ण साक्ष्य एकत्र गऱ्यो र पूरा घटनाको फोटोग्राफी गराइयो।
दादिया थानाधिकारी बुद्धिप्रसाद अनुसार, मृतक श्रवण कुमारका जेठा दाज्यू सुरेन्द्र कुमारले रिपोर्ट दर्ता गराएका छन्। रिपोर्टमा बताइयो, श्रवण कुमार नशामा दिनहुँ परिवारमा झगड़ा गर्नेगर्थ्यो। चार भाईमध्ये सबैभन्दा कान्छा श्रवणको साइला भाई मुकेश कुमारसित बहस भयो। विवाद यति बढ्यो कि आवेगमा आएर मुकेशले धारिलो हतियारले हमला गऱ्यो। हमलामै श्रवणको घटनास्थलमा मृत्यु भयो।
पुलिसले मामिलाको जाँच गरिरहेको छ र पूरा घटनाक्रमलाई लिएर परिवारका सदस्यहरू र छिमेकीहरूसित पनि सोधपुछ जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी