नवजातको शव भेटियो, जाँचमा जुट्यो पुलिस
नवजातको शव भेटियो, जाँचमा जुट्यो पुलिस


मीरजापुर, 24 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको मीरजापुर जिल्लामा राजगढ़ थाना क्षेत्रको नदीहार गाउँमा सोमवार बिहान त्यस समय खैलाबैला मच्चियो जब रेलवे अण्डर ब्रिज निकट खेतमा लुगामा बेरिएको नवजात शिशुको शव भेटाइयो। बिहान लगभग 8 बजी खेतमा काम गर्न गइऱहेका मजदूरहरूले जब लुगामा बेरिएको शव देखे, उनीहरूले यसको जानकारी गाउँलेहरूलाई दिए। हेर्दा हेर्दै घटनास्थलमा भारी भीड़ जमा भयो र क्षेत्रमा ना-ना थरकीका चर्चाहरू शुरू भयो।

सूचना पाएको लगभग एक घण्टापछि घटनास्थलमा पुगेको पुलिसले नजवात शिशु (बालक) को शवलाई आफ्नो कब्जामा लिएर आवश्यक कारबाही शुरू गऱ्यो। पुलिस ढिलो पुग्दा गाउँलेहरूमा रोष पनि देखियो। राजगढ़ थानाध्यक्ष दयाशंकर ओझाले बताए, नदीहार गाउँमा नवजात शिशुको शव भेटिएको छ। मामिलाको जाँच जारी छ र अग्रिम कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande