
गुवाहाटी, 24 नोभेम्बर (हि.स.)। गुवाहाटीको क्रिश्चियन बस्ती क्षेत्रमा एक महिला पत्रकारद्वारा कार्यालयमा आत्महत्या गरिएको मामिला प्रकाशमा आएको छ। पुलिसले सोमवार बताएको छ, क्रिश्चियन बस्ती क्षेत्र स्थित एक व्यक्तिगत न्यूज पोर्टलको कार्यालयमा महिलाद्वारा आत्महत्या गएको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले मृत युवतीको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति गुवाहाटी मेडिकल कलेज एण्ड अस्पताल पठाएको छ।
क्रिश्चियन बस्ती क्षेत्रमा पूर्वोदय भवन स्थित एक व्यक्तिगत पोर्टलमा कार्य गर्ने युवतीको 05 दिसम्बरमा बिहे तय थियो, बिहे हुन 10 दिन अगाड़ी उसले किन आत्महत्या गरिन्, यसको जानकारी पाइएको छैन। आत्महत्या गर्ने पत्रकार युवतीको पहिचान रितुमणिको रूपमा गरिएको छ।
मृत्यु अगाड़ी युवतीद्वारा लेखिएको सुसाइड नोटको आधारमा पुलिस आत्महत्याको कारण पत्तो लगाउनमा जुटेको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी